मुख्य समाचार
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक |
मुख्य समाचार
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक |


बच्चाहरु ढिला बोल्ने अथवा नबोल्ने समस्या कस्तो हो ?

महमूद आलम खान 1133+ समाचार ( )
सुरुवाती चरणमै समस्या पहिचान गरी उपचार गरे बालबालिकाले सुन्न सक्छन्। तर ढिलो अस्पताल पुगे उपचार प्रक्रिया जटिल हुन सक्छ।
५ चैत्र २०७८, शनिबार

काठमाडौं - सामान्यतया बालबालिकाले ४/५ महिनाको उमेरदेखि नै कुनै पनि आवाजसँग प्रतिक्रिया दिन थाल्छ। 

एक वर्षदेखि केही शब्द र तीन वर्षको उमेरदेखि केही शब्दको वाक्य बोल्न थाल्छन्। तर केही बालबालिकाहरुमा भने ढिला बोल्ने अथवा नबोल्ने समस्या हुन्छ। सुरुवाती चरणमै समस्या पहिचान गरी उपचार गरे बालबालिकाले सुन्न सक्छन्। तर ढिलो अस्पताल पुगे उपचार प्रक्रिया जटिल हुन सक्छ। 

यही विषयमा हामीले त्रिवि शिक्षण अस्पतालका इएनटी, हेड नेक सर्जरी विभागका डा योगेश न्यौपानेसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः

बच्चाहरु ढिला बोल्ने अथवा नबोल्ने समस्या कस्तो हो?

– बच्चाहरु ढिला बोल्ने अथवा नबोल्ने समस्या आम रुपमा भेटिन्छन्।

– ढिलो बोल्ने भन्दा पनि नबोल्ने बच्चाहरुलाई हामी बढी प्राथमिकतामा राख्छौँ।

– ढिलो बोल्ने बच्चाहरुको समस्या समयै पहिचान गर्न सक्यौं भने उपचार प्रभावकारी हुन्छ।

बालबालिकाहरुको बोल्ने सही उमेर कति हो? कतिलाई ढिलो मान्ने?

– साधारणतया बालबालिकाले ४/५ महिनाको उमेरदेखि आवाजसँग प्रतिक्रिया दिन थाल्छ।

– एक वर्षदेखि बालबालिकाहरुले केही शब्दहरु बोल्न थाल्छन्।

– तीन वर्षको उमेरदेखि २/३ शब्दको वाक्यहरु बोल्न थाल्छन्।

– यदी तीन वर्षको उमेरसम्म पनि बालबालिकाले शब्दहरु बोलेनन् भने त्यसलाई ढिलो भन्नुपर्छ।

बालबालिकाहरु किन ढिलो बोल्ने अथवा नबोल्ने हुन्छन्?

– बच्चा बोल्दैन भने बच्चाले सुन्दैन भनेर बुझ्नुपर्छ।

– बच्चाको सुनाई ठिक छ÷छैन भनेर समस्या छुट्याउनुपर्छ। 

– सुनाईको समस्याले बच्चा नबोल्न सक्छ या सुनेर पनि बच्च नबोल्न सक्छ। यसको कारण पत्ता लगाउनुपर्छ।

– कहिलेकाँही शिशु पेटमा भएको बेला संक्रमण भएका कारण पनि हुन सक्छ।

– भेन्टिलेटर या आइसीयूमा राखिएका बच्चाहरुमा पनि यो जोखिम हुन सक्छ। 

– बच्चाहरुमा कुनै मानसिक समस्या हुन सक्छ। या न्यूरो डेभलपमेन्टमा ढिलाइले पनि हुन सक्छ। 

– अटिजम भएका बालबालिकामा पनि यो समस्या हुन सक्छ।

अभिभावकहरुले के कुरामा ध्यान दिने?

– परिवारको कोही सदस्य ढिलो बोल्यो भने बालबालिका पनि ढिलो बोल्छन् भन्ने बुझाई पनि छ।

– कुनै बच्चाले सुनेर सिकेर बोल्ने मस्तिष्क पाँच वर्षपछि बुढो हुन्छ। 

– जति छिटो समस्या निदान भयो त्यसको उपचार पनि त्यति नै प्रभावकारी हुन्छ।

– आवाजप्रति बच्चाले कुनै प्रतिक्रिया दिँदैन, केही बोल्दैन भने अभिभावकले ध्यान दिनुपर्छ।

– विद्यालयमा बालबालिकाले देखाउने व्यवहार र उसको क्रियाकलापमा पनि अभिभावकले ध्यान दिनुपर्छ।

नेपालमा यसको उपचारको अवस्था के छन्?

– बच्चाले किन बोल्दैन भन्ने समस्याको कारण पत्ता लगाउनुपर्छ।

– समयमै उपचार गरे बालबालिकामा हुने सुनाईको समस्या ६० प्रतिशतसम्म रोकथाम गर्न सकिन्छ।

– कानको भित्रि जालीमा समस्या भने त्यसको उपचार हुन्छ। 

– उपचारबाट मात्र पनि नहुन सक्छ। त्यस्तो अवस्थामा ‘स्पिच थेरापी’ गर्न सकिन्छ। 

– बालबालिकाको उपचार, आवश्यकता र उमेर अनुसार उपचार गर्न सकिन्छ। 

नेपालीहरु यो समस्याप्रति कत्तिको सचेत छन्?

– अहिले धेरै अभिभावकहरु यो समस्या प्रति सचेत बन्दै गएका छन्।

– काठमाडौं उपत्यकामा सचेतनाको स्तर राम्रो देखिन्छ भने बाहिरी भेगको भन्न सकिने अवस्था छैन।

– अझै पनि यो विषयमा जनचेतना जगाउनु आवश्यक देखिन्छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार