मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

रामेछाप बस दुर्घटना, १३ जनाको ज्यान गयो

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जनाको र चार जनाको उपचारका क्रममा मृत्यु भएको हो।
२१ असार २०७९, मङ्गलबार

काठमाडौँ – रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जनाको र चार जनाको उपचारका क्रममा मृत्यु भएको हो।

‘बस दुर्घटनामा घटनास्थलमा नौ जनाको र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालले जानकारी दिए।

दुर्घटनामा घाइतेमध्ये २५ जनालाई धुलिखेल अस्पताल ल्याइएकोमा ४ जनाको मृत्यु भएको र अन्यको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रवक्ता हरि खतिवडाले बताए।

रामेछापको हिलेदेवीबाट छुटेको सो बस मंगलबार बिहान सवा १० बजे लुभुघाटमा दुर्घटनामा परेको थियो। मृत्यु हुनेमा सात जना पुरुष र पाँच जना महिला रहेका प्रहरी निरीक्षक ढकालले बताए। जसमध्ये ८ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा सुनापति–५ की २६ वर्षीया समरिता तमाङ, ६० वर्षीय ठुला तामाङ, ३६ वर्षीय ढुकुरे भन्ने खडक विक, २२ वर्षीया विपना तामाङ, कान्छी माया भन्ने शुभलक्ष्मी, सुनापति–४ की ३६ वर्षीया सन्जु आलेमगर, काभ्रेको रोशी गाउँपालिकाकी कमला तामाङ, काभ्रेकै सुदिप गमजेर रहेको रामेछाप प्रहरीले जनाएको छ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ। बसका चालक दोलखाका प्रेमबहादुर घतानी हुन्। उनीसँग सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार