मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

अर्थ सचिव मरासिनीलाई कारवाही स्वरुप 'जगेडा' पठाइयो

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
मरासिनीलाई सरुवा गरेको सरकारले अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव रहेका पुष्करले अर्को सचिव नआएसम्म दुवै सचिवको रुपमा काम गर्नेछन् ।
१९ श्रावण २०७९, बिहीबार

काठमाडौं । करको दर हेरफेर गरेको आरोप लागेको बेला अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिनुपर्ने भन्दै दबाब दिने अर्थसचिव मधुकुमार मरासिनीलाई सरकारले सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदले अर्थसचिव मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो । मरासिनीलाई सरुवा गरेको सरकारले अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव रहेका पुष्करले अर्को सचिव नआएसम्म दुवै सचिवको रुपमा काम गर्नेछन् ।

जनार्दनलाई बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति प्रवेश गराउँदै करको दर हेरफेर गरेको आरोप लागेको बेला सचिव मरासिनीनले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै दबाबा दिएका थिए । त्यति मात्र नभइ जनार्दनलाई थप दबाब दिन मरासिनी अचानक बिदा बसेका थिए ।

चौतर्फी आलोचनापछि जनार्दनले राजीनामा दिएको भोलिपल्टदेखि मरासिनी काममा फर्केका थिए । तर, जनार्दन पुनः मन्त्री भएर फर्केपछि मारासिनी नैतिक संकटमा परे ।

जनार्दनको राजीनामापछि बनेको संसदीय छानविन समितिले जनार्दनलाई लगाइएको आरोप पुष्टि हुने आधार नभेटिएका प्रतिवेदन बुझाएपछि उनी पुनः मन्त्री नियुक्त भएका हुन् ।

मरासिनी अर्थका दुई मध्ये पहिलो नम्बरका सचिव हुन् । तर, जनार्दन पुनः मन्त्री बनेर कार्यभार सम्हाल्न आउँदा मारासिनी ‘कसरी मुख देखाउने होला’ भन्दै भागेका थिए । मन्त्री शर्मालाई सचिव पुष्करले मात्र स्वागत गरेका थिए ।

यसैबीच, बिहीबार बसेको मन्त्रिपरिषदले मारासिनीलाई जगेडा सचिवको रुपमा प्रधानमन्त्री कार्यालय पठाएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार