मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

चेतनको हत्या आफुले नगरेको रिगलको भनाई, अनावश्यक दोषारोपण नगर्न रबिलाई सुझाव

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
रवि लामिछानेलाई रिगल ढकालको सुझाव : अरुको बहकाउमा लागेर नबोलिदिनुहोस
२२ अशोज २०८०, सोमबार

काठमाडौं । चेतन मानन्धर हत्या अभियोगमा जेलमा रहँदारहँदै संविधान दिवसको अवसरमा नेपाल सरकार, गृह मन्त्रालयको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रिगल भनिने योगराज ढकालले आफूले चेतनको हत्या नगरेको स्पष्ट पारेका छन् । उनले चेतनको हत्या गर्ने व्यक्ति अहिलेपनि जेलमै रहेको दाबी गरे । तर, न्यायालयले आफूलाई दोषी ठहर गरेर जेलमा राखेको उनको भनाई छ । उनले जेलमा रहेका सबै दोषी हुन्छन् भन्ने नरहेको पनि जिकिर गरे ।

हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले बताएका हुन् । उनले भने,‘जेल पर्यो भन्दैमा सबै अपराधी छन् भन्ने पनि होईन, अहिलेपनि जेलमा ६० प्रतिशत निर्दोष व्यक्तिहरु छन् । आज सामान्यभन्दा सामान्य केसमा पनि मुद्दा लगाएर जेलमा कोच्ने प्रवृत्ति हाबी भएको छ ।’ उनले आफू कैद कट्टाबाट (८ वर्ष २ महिना) जेल बसेर रिहा भएको भन्दै आममाफी भनिएकोमा आपत्ति जनाए ।

उनले भने,‘मलाई आममाफी दिएकै छैन नि, मैले त ८ वर्ष २ महिना कैद काटेको छु । मैले आममाफी पाएको होईन, विचरा राष्ट्रपतिज्यूलाई त्यत्तिकै दोषी प्रमाणित ?’ ढकालले आफूले कैदबाट जम्मा २ वर्षमात्रै छुट पाएको दाबी गरे ।

उनले भने,‘मेरो आचरण सही भएकोले मैले २ वर्ष कैद छुट पाएको हुँ । उनले आफूले कांग्रेसको नेताको छत्रछायाँ पाएको भन्ने कुरा गलत भएको सुनाए । उनले आफू २०७२ सालमा जेल पर्दापनि कांग्रेसकै तत्कालिन सभापति सुशिल कोइरालाको नेतृत्वमा सरकार रहेको स्मरण गराए । उनले अहिलेसम्म आफूले पार्टी सभापति शेरबहादुर देउवासँग फेस–टु–फेस नभेटेको पनि दाबी गरे ।

उनले आफूले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सम्मान गर्ने गरेको स्मरण गराए । तर, आफू रिहा भएपछि गरेको टिप्पणीलाई लिएर भने उनले रवि लामिछानेप्रति आक्रोश पोखे । उनले भने,‘म रवि लामिछानेलाई एकदमै सम्मान गर्थें । अहिले जुन किसिमले उहाँहरुले युवाका नेतृत्व गरेर, उ गरेर भन्नुभएको छ । तर, म रवि सरलाई के भन्न चाहन्छु भने–सर, नीति र नियम पालना गरेर छुटेको मान्छेलाई त्यसै अरुको बहकाउ र उक्साहटमा लागेर नबोलिदिनुहोस ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार