मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |

ओझेलमा चक्ला पत्थर झरना

यूथ टुडे समाचारदाता 2442+ समाचार ( )
२७ अशोज २०८१, आइतबार

बाँके २७ असोज । बाँकेको राप्ती सोनारी गाउँपालिका–७, निबुवातार रहेको चक्ला पत्थर झरना ओझेलमा परेको छ । स्थानीयवासीले पर्यटकीय महत्व बोकेको यस झरनालाई प्रवर्द्धन गर्नुपर्ने माग गरेका छन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण मनमोहक झरनाको अवलोकन गर्दा जो कोहीलाई मोहित तुल्याउछ । ‘मनमोहक झरनालाई नजिकबाट साक्षात्कार गर्न पाउँदा आनन्द आइरहेको छ’,झरनासँग डुबुल्की मार्दै स्वास्थ्यकर्मी सिमा खानले भन्नुभयो, १५ वर्ष पछि झरनामा नुहाउन पाए । यो ठाउँ सुन्दर र आकर्षित छ, यहाँसम्मको यात्राका क्रममा भएको थकानलाई बिर्सायो ।’ सल्लाको सुसेली, चराचुरूङ्गीको चिरबिर सुमधुर आवाजले यात्रालाई थप रोमाञ्चक बनाइदिएको अनुभाव सुनाउनु भयो ।

बाँकेको राप्ती सोनारीमा रहेको झरना प्रचारप्रसार अभावले चक्ला पथ्थर झरना ओझेलमा परेको मानव अधिकारकर्मी सरिला घर्ति मगरले बताउनु भयो । उहाँले यसको प्रचारप्रसार गरी देशविदेशसम्म पु¥याउन सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनेमा आशावादी रहेको बताउनु भयो ।

मुलुकमा लोकतन्त्र गणतन्त्र आयो केही परिवर्तनका सूचकहरू पनि देखिए तर यो महत्त्वपूर्ण पर्यटकीय स्थलप्रति सरकारको ध्यान जान नसक्दा ओझेलमा परेकाले स्थानीयहरू चिन्तित बनेको वडा नम्बर ७ का वडाध्यक्ष राम लखन थारुले बताउनुभयो । उहाँले भन्नुभयो,“नेबुवातार गाउँको शिरमा रहेको सुन्दर झरना जंगलको बिचमा छ”, 

स्थानीय अधिकारकर्मी सरिला घर्तिमागरले, “यो झरनाको प्रवद्र्धनका लागि पालिकाले बजेट बिनियोजन गर्न जरुरी रहेको बताउनु भयो ।” उहाँले भन्नुभयो, स्थानीय सरकार यसको विकास विस्तार तथा प्रवर्द्धनमा लाग्नुपर्छ, हाम्रो जोडदार माग पनि छ । यसको विकास विस्तार हुन सके यो पर्यटकीय गन्तव्य बन्न सक्छ । पर्यटकीय गन्तव्य बनाउन सकिए पालिका मात्र होइन मुलुकलाई नै फाइदा पुग्छ । हुन त अहिले बाह्य पर्यटक ठप्पजस्तै भए पनि आन्तरिक पर्यटकमा भने खासै कमी आएको छैन ।”

अधिकारकर्मी मगरले कोरोनाकालमा यो झरनामा स्थानीय पर्यटक दैनिक ५० देखि १०० जना सम्म आउने गरेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, झरना सम्म जानका लागि रोड बनाउन र झरनालाई अझ व्यक्ति गर्न सके पर्यटकको हबको रुपमा निर्माण हुन सक्ने छ । 

नेपालमा झरना पर्यटन बढिरहेकाले यसको आवश्यक प्रचारप्रसारमा पर्यटन बोर्डले सम्बन्धित स्थानीय तह र सरोकार भएका निकायसँग समन्वय र सहकार्य गर्न जरुरी रहेको नेकपा मोआवादी केन्द्र राप्ती सोनारी ७ का अध्यक्ष कालुराम थारुले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार