मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

ओझेलमा चक्ला पत्थर झरना

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
२७ अशोज २०८१, आइतबार

बाँके २७ असोज । बाँकेको राप्ती सोनारी गाउँपालिका–७, निबुवातार रहेको चक्ला पत्थर झरना ओझेलमा परेको छ । स्थानीयवासीले पर्यटकीय महत्व बोकेको यस झरनालाई प्रवर्द्धन गर्नुपर्ने माग गरेका छन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण मनमोहक झरनाको अवलोकन गर्दा जो कोहीलाई मोहित तुल्याउछ । ‘मनमोहक झरनालाई नजिकबाट साक्षात्कार गर्न पाउँदा आनन्द आइरहेको छ’,झरनासँग डुबुल्की मार्दै स्वास्थ्यकर्मी सिमा खानले भन्नुभयो, १५ वर्ष पछि झरनामा नुहाउन पाए । यो ठाउँ सुन्दर र आकर्षित छ, यहाँसम्मको यात्राका क्रममा भएको थकानलाई बिर्सायो ।’ सल्लाको सुसेली, चराचुरूङ्गीको चिरबिर सुमधुर आवाजले यात्रालाई थप रोमाञ्चक बनाइदिएको अनुभाव सुनाउनु भयो ।

बाँकेको राप्ती सोनारीमा रहेको झरना प्रचारप्रसार अभावले चक्ला पथ्थर झरना ओझेलमा परेको मानव अधिकारकर्मी सरिला घर्ति मगरले बताउनु भयो । उहाँले यसको प्रचारप्रसार गरी देशविदेशसम्म पु¥याउन सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनेमा आशावादी रहेको बताउनु भयो ।

मुलुकमा लोकतन्त्र गणतन्त्र आयो केही परिवर्तनका सूचकहरू पनि देखिए तर यो महत्त्वपूर्ण पर्यटकीय स्थलप्रति सरकारको ध्यान जान नसक्दा ओझेलमा परेकाले स्थानीयहरू चिन्तित बनेको वडा नम्बर ७ का वडाध्यक्ष राम लखन थारुले बताउनुभयो । उहाँले भन्नुभयो,“नेबुवातार गाउँको शिरमा रहेको सुन्दर झरना जंगलको बिचमा छ”, 

स्थानीय अधिकारकर्मी सरिला घर्तिमागरले, “यो झरनाको प्रवद्र्धनका लागि पालिकाले बजेट बिनियोजन गर्न जरुरी रहेको बताउनु भयो ।” उहाँले भन्नुभयो, स्थानीय सरकार यसको विकास विस्तार तथा प्रवर्द्धनमा लाग्नुपर्छ, हाम्रो जोडदार माग पनि छ । यसको विकास विस्तार हुन सके यो पर्यटकीय गन्तव्य बन्न सक्छ । पर्यटकीय गन्तव्य बनाउन सकिए पालिका मात्र होइन मुलुकलाई नै फाइदा पुग्छ । हुन त अहिले बाह्य पर्यटक ठप्पजस्तै भए पनि आन्तरिक पर्यटकमा भने खासै कमी आएको छैन ।”

अधिकारकर्मी मगरले कोरोनाकालमा यो झरनामा स्थानीय पर्यटक दैनिक ५० देखि १०० जना सम्म आउने गरेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, झरना सम्म जानका लागि रोड बनाउन र झरनालाई अझ व्यक्ति गर्न सके पर्यटकको हबको रुपमा निर्माण हुन सक्ने छ । 

नेपालमा झरना पर्यटन बढिरहेकाले यसको आवश्यक प्रचारप्रसारमा पर्यटन बोर्डले सम्बन्धित स्थानीय तह र सरोकार भएका निकायसँग समन्वय र सहकार्य गर्न जरुरी रहेको नेकपा मोआवादी केन्द्र राप्ती सोनारी ७ का अध्यक्ष कालुराम थारुले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार