मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नरैनापुरमा प्रशासकीय भवनको अध्यक्ष शाहले गरे उदघाटन

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२९ माघ २०८२, बुधवार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन आज बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। दुई वर्ष लामो प्रतीक्षापछि आफ्नै आधुनिक भवनबाट सेवा प्रवाह सुरु भएसँगै स्थानीयवासीमा उत्साह थपिएको छ।

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार भवन निर्माण सम्पन्न भएसँगै अब गाउँपालिकाका सम्पूर्ण सेवा आफ्नै भवनबाट सञ्चालनमा ल्याइएको छ। निर्माण कम्पनी महालक्ष्मी–जुगल बिल्डर्स जेबीको चरम ढिलासुस्ती र लापरबाहीका कारण समयमै सञ्चालनमा आउन नसकेको भवन अन्ततः विधिवत् उद्घाटनपछि नियमित सेवामा आएको हो।

निर्माण कार्य पटक–पटक म्याद थपिँदा पनि सम्पन्न नभएपछि गाउँपालिकाले बाध्य भएर वडा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको थियो। अब भने त्यो अवस्था अन्त्य भएको छ।

गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विधिवत रूपमा भवनको उद्घाटन गर्नुभएको हो। हिन्दु परम्परा अनुसार पूजा–पाठ सम्पन्न गरेपछि आयोजित कार्यक्रममा अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत वली, नेपाली सेनाका प्रमुख रामचन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिनुभयो।

वरिष्ठ लेखा अधिकृत भरत बस्नेतका अनुसार साबिकको नरैनापुर गाविस कार्यालयबाट सेवा दिँदै आएको पालिकाले अब आधुनिक र सुविधासम्पन्न आफ्नै भवनबाट सेवा दिने भएको छ। लेखापाल प्रकाश अधिकारीका अनुसार ६ करोड ८० लाख ३१ हजार रुपैयाँ लागतमा निर्माण गरिएको भवनमा सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको छ।

नयाँ भवन सञ्चालनमा आएपछि स्थानीयवासीले सहज सेवा पाउने विश्वास व्यक्त गरेका छन्। स्थानीय कलिम खानले आफ्नै गाउँमा आधुनिक भवनबाट सेवा पाउनु गर्वको विषय भएको बताउँदै अब कामकाज छरितो र व्यवस्थित हुने अपेक्षा व्यक्त गर्नुभयो।

नवनिर्मित प्रशासकीय भवनले सेवा प्रवाहलाई अझ छरितो, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। संघीय शासन प्रणालीले गाउँ–बस्तीका नागरिकसम्म सेवा र संरचना पुर्‍याउने लक्ष्य लिएको सन्दर्भमा नरैनापुरको आफ्नै प्रशासकीय भवन सञ्चालनमा आउनु स्थानीयका लागि संघीयताको वास्तविक अनुभूति बनेको छ।

अब नरैनापुरका नागरिकले आफ्नै गाउँमै, आफ्नै भवनबाट सहज र व्यवस्थित सेवा पाउने भएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार