मुख्य समाचार
सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकार गर्ने | सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न | सरकारले अध्यादेश पुनर्विचार गरेन, हुबहु शीतलनिवास पठायो | राजनीति गर्ने कर्मचारीलाई झट्का, दलीय ट्रेड युनियन खारेज | सुकुम्बासी बस्तीमा डोजर चलाउने रास्वपा सरकार, रविको दोष स्थानीय तहलाई | फिल्डमै उत्रिए प्राधिकरण प्रमुखः छड्के अनुगमन तीव्र, ७ करोड बक्यौता असुल | सुत्केरी भवन अलपत्रः २ वर्ष बित्दा पनि फाउण्डेशनमै रोकियो, जोखिममा जानकी–५ का महिला | नीलसागर सेवा आश्रममा सांसद सुष्मा स्वर्णकारको निरीक्षण : अपूर्ण भवन पूरा गर्न बजेट पहल गर्ने प्रतिबद्धता | थप १९ चिकित्सकको लाइसेन्स खारेज | नरैनापुरमा अतिक्रमणविरुद्ध ‘एक्सन मोड’ : ७ दिनको अल्टिमेटम, नहटाए डोजर चल्ने |
मुख्य समाचार
सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकार गर्ने | सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न | सरकारले अध्यादेश पुनर्विचार गरेन, हुबहु शीतलनिवास पठायो | राजनीति गर्ने कर्मचारीलाई झट्का, दलीय ट्रेड युनियन खारेज | सुकुम्बासी बस्तीमा डोजर चलाउने रास्वपा सरकार, रविको दोष स्थानीय तहलाई | फिल्डमै उत्रिए प्राधिकरण प्रमुखः छड्के अनुगमन तीव्र, ७ करोड बक्यौता असुल | सुत्केरी भवन अलपत्रः २ वर्ष बित्दा पनि फाउण्डेशनमै रोकियो, जोखिममा जानकी–५ का महिला | नीलसागर सेवा आश्रममा सांसद सुष्मा स्वर्णकारको निरीक्षण : अपूर्ण भवन पूरा गर्न बजेट पहल गर्ने प्रतिबद्धता | थप १९ चिकित्सकको लाइसेन्स खारेज | नरैनापुरमा अतिक्रमणविरुद्ध ‘एक्सन मोड’ : ७ दिनको अल्टिमेटम, नहटाए डोजर चल्ने |


निर्वाचन आचारसंहिता कार्यान्वयनमा बाँकेको नरैनापुर उदाहरणीय बन्दै

महमूद आलम खान 1132+ समाचार ( )
प्रहरी निरिक्षक बीरबहादुर सुनारले आचारसंहिता कायान्वयनमा कडाई गरिएको बताए
२१ वैशाख २०७९, बुधवार

बाँके । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा देशभर निर्वाचन आचारसंहिताका विपरितका गतिविधिहरु भइरहेका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा दलहरुले अटेरी गरिरहेका छन् ।

निर्वाचन आयोगलाई निर्वाचन आचारसंहिता कार्यान्वयनमा दलहरुलाई प्रतिवद्ध गराउन हम्मेहम्मे परेको छ । आयोगले अटेरी गर्ने दल तथा उम्मेदवारलाई स्पष्टिकरण सोधिरहेको छ । मानौं, निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन निर्वाचन आयोगलाई दल तथा उम्मेदवारको गोठालो गर्नुपर्ने अवस्था छ ।

निर्वाचन आयोगले आँखा झिमिक्क पार्यो कि दल र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरिहाल्छन् । निर्वाचन आयोगले गरेको मौखिक आग्रहलाई दल र उम्मेदवारले फिटिक्कै चासो दिँदैनन् । सुने पनि नसुनेझैं गरेर अटेरी गर्दै निर्वाचन आचारसंहिता विपरितका गतिविधिहरु गरेर आयोगलाई हैरान बनाइरहेका छन् ।

निर्वाचन आचारसंहिता कार्यान्वयनमा बाँकेको नरैनापुर भने उदाहरणीय देखिएको छ । सामान्य भनसुनले नै निर्वाचन आचारसंहिता कार्यान्वयन भइरहेको बताउँछन्, निर्वाचन अधिकृत रेशम आचार्य । उनले भने, ‘सुरुमा यहाँ खटिँदा काम गर्न गाह्रो हुन्छ कि भन्ने सोचेको थिए, अहिले त निकै सजिलो र सहज भएको छ ।’

नरैनापुरमा निर्वाचन आचारसंहिता पूर्ण पालना गराउन दल र उम्मेदवारहरु नै लागिपरेको उनले बताए । ‘हामीले दल तथा उम्मेदवारले गरिरहेका निर्वाचन लक्षित गतिविधिमा देखिएका सामान्य त्रुटीलाई मौखिकरुपमै औंल्याइदिन्छौं । उहाँहरु निर्वाचन आचारसंहिता कार्यान्वयनमा सचेत हुनुहुन्छ । सबैको सहयोगले निकै सजिलो भएको छ,’ उनले भने ।

निर्वाचन अधिकृत आचार्यले दलहरुकै सहयोग र सहकार्यमा अहिलेसम्म कुनै उम्मेदवार र राजनीतिक दललाई सामान्य भनसुनबाहेक पत्र नै काटेर स्पष्टिकरण सोध्नुपर्ने, कारबाही गर्नुपर्ने अवस्था नआएको बताए । ‘अहिलेसम्म निकै राम्रो सहकार्य भएको छ । यो सहयोग र सहकार्य निर्वाचन सम्पन्न हुँदासम्म रहनेमा विश्वस्त छु,’ आचार्यले भने ।

आचारसंहिता पालना नभएको खण्डमा नागरिकको जनमत मोडिने र वास्तविक जनमत प्रकट नहुने हुँदा त्यसतर्फ सचेत भएर निर्वाचन कार्यालयले दलहरुसँग सहकार्य गरेरै निर्वाचन आचारसंहिता पूर्ण पालना गराउन सफल भएको पनि निर्वाचन अधिकृत आचार्यले बताए । उनले भने, ‘अनुगमन समिति पनि त्यसप्रति सचेत छ ।’

‘यहाँ दल तथा उम्मेदवारहरु स्वयं पनि आचारसंहिता पालनामा इमान्दार हुनुहुन्छ । निर्वाचनलाई भयरहित र नागरिकको वास्तविक जनमत प्रकट हुनेखालको बनाउन हामी सबैले आचारसंहिता पालना गर्नुपर्छ,’ निर्वाचन अधिकृत आचार्यले भने, ‘आचारसंहिता हामी सबैले पालना गरेमा निर्वाचन स्वच्छ र विश्वसनीय हुन्छ ।’

आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनको आचारसंहिता जारी भए पनि बाँकेकै अन्य स्थानीय तहमा आचारसंहिता उल्लंघनका घटना भइरहेकै बेला नरैनापुरमा भने दलहरुलाई सचेत बनाउनुपर्ने, स्पष्टिकरण सोध्नुपर्ने, आचारसंहिता विपरित तयार गरिएका प्रचार सामग्री जफत गर्नुपर्ने अवस्था आएको छैन ।

आचारसंहिता कार्यान्वयन गराउन प्रहरीको सक्रियता पनि उत्तिकै छ । इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज एवं प्रहरी निरिक्षक बीरबहादुर सुनारले आचारसंहिता कायान्वयनमा कडाई गरिएको बताए । ‘हामीले हाम्रो क्षेत्रमा आचारसंहिता विपरितका कुनै पनि गतिविधि हुन दिएका छैनौं,’ उनले भने ।

प्रहरी निरिक्षक सुनारले मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै सुरक्षा व्यवस्थालाई चुस्त बनाउँदै टोली परिचालन भइरहेको बताए । निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्वाचन आचारसंहितासँगै अन्य गतिविधिका बारेमा निगरानी गर्दै नरैनापुर क्षेत्रमा आवश्यक सुरक्षाको बन्दोबस्त मिलाइएको पनि उनले बताए । स्रोत: सत्य पाटी

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार