मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

ग्रामीण खेलमैदानमा नयाँ ऊर्जा — ज्ञान नेपालद्वारा न्यु जन परोपकारी युवा क्लबलाई खेल सामग्री सहयोग

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
३० अशोज २०८२, बिहीबार

बाँके । बाँकेको राप्ती सोनारी–७ फत्तेपुरस्थित सहिद दलबहादुर घर्ति खेल मैदानमा बिहीबार उत्साह र उमङ्गले गुञ्जायमान बन्यो । न्यु जन परोपकारी युवा स्पोर्टस क्लबका खेलाडीहरूलाई ज्ञान नेपाल ले दुई थान फुटबल र दुई थान भलिबल हस्तान्तरण गरेपछि स्थानीय युवामा नयाँ जोश भरिएको छ ।

स्थानीय खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गरिएको यो सहयोगले खेलाडीहरूमा ऊर्जा थपेको हो । सामग्री सहयोगी संस्था ज्ञान नेपालका उपाध्यक्ष डा. डक्ट प्रसाद धितालले भन्नुभयो, “युवाहरूको ऊर्जालाई खेलकुदतर्फ मोड्न सके समाजमा सकारात्मक परिवर्तन सम्भव छ । खेलले अनुशासन, सहकार्य र नेतृत्वको भावना विकास गर्छ, त्यसैले ज्ञान नेपाल सदैव युवाको साथमा रहनेछ ।”

डा. धितालले आगामी दिनमा खेल मैदानको सुदृढीकरण, खेल तालिम र प्रतियोगिता व्यवस्थापनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यसैगरी अधिकारकर्मी एवं पत्रकार आलम खानले भन्नुभयो, “ग्रामीण क्षेत्रमा खेलकुदको विकासका लागि यस्तो सहयोग प्रेरणादायी कदम हो । स्थानीय युवाको प्रतिभा निखार्नका लागि समुदाय र संस्थाको सहकार्य अत्यावश्यक छ ।”

खेल सामग्री प्राप्त गर्दै खेलाडी सुमिर पुनले भन्नुभयो,“यो सहयोगले हामीमा नयाँ आत्मविश्वास र जोश जागेको छ । अब हामी मैदानमा अझ उत्साहपूर्वक खेल्नेछौं र हाम्रो गाउँलाई जिल्लाभर चिनाउनेछौं ।”

सहिदको नाममा स्थापना गरिएको यो खेलमैदान स्थानीय युवाको अभिमान र सपनाको प्रतीक बन्दै गएको छ । ज्ञान नेपालको यो सकारात्मक पहलले ग्रामीण युवामा खेलकुदप्रतिको आकर्षण मात्र बढाएको छैन, सामाजिक परिवर्तनको नयाँ सम्भावनासमेत उजागर गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार