मुख्य समाचार
बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड |

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहद्वारा मानव अधिकार दिवसको शुभकामना व्यक्त

यूथ टुडे समाचारदाता 3464+ समाचार ( )
२४ मंगशिर २०८०, आइतबार

बाँके । आज विश्व मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।

मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ ।

दिवसको उपलक्ष्यमा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नरैनापुरवासी नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमार्फत अध्यक्ष शाहले मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पुरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताजस्ता कुराहरूलाई समेत मनन गर्नुपर्छ। विश्वव्यापीरूपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्‍चितता नेपालको संविधानले गरेको छ । साथै मानव अधिकारको प्रवर्द्धन र कार्यान्वयनका लागि विभिन्‍न निकायहरूसमेत क्रियाशिल रहेका छन् यो खुसीको विषय हो ।

हरेक चुनौतीपूर्ण परिस्थितिमा पनि नरैनापुर गाउँपालिकाले आफ्ना नागरिकको मानव अधिकारको संरक्षणमा दत्त चित्त भएर विभिन्न प्रयास गरिरहेको उनले उल्लेख गरेका छन् ।

अध्यक्ष शाहले मानव अधिकार दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मासात गर्दै मानव जातिका साझा अधिकारहरु प्रत्याभूति गर्न सबैलाई सफलताका साथै यस क्षेत्रमा काम गर्न थप उर्जा र प्रेरणा मिलोस् भन्‍ने कामना गरेका छन् ।

प्रेस विज्ञप्ति 

विश्‍व मानव अधिकार दिवस (१० डिसेम्बर) को शुभकामना सन्देश

७५ औँ विश्‍व मानव अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नरैनापुर वासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पुरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताजस्ता कुराहरूलाई समेत मनन गर्नुपर्छ। विश्वव्यापीरूपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्‍चितता नेपालको संविधानले गरेको छ । साथै मानव अधिकारको प्रवर्द्धन र कार्यान्वयनका लागि विभिन्‍न निकायहरूसमेत क्रियाशिल रहेका छन् यो खुसीको विषय हो ।

अन्तमा, यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मासात गर्दै मानव जातिका साझा अधिकारहरु प्रत्याभूति गर्न सबैलाई सफलताका साथै यस क्षेत्रमा काम गर्न थप उर्जा र प्रेरणा मिलोस् भन्‍ने कामना गर्दछु ।

धन्यवाद !

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार