मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२२ असार २०८२, आइतबार

बाँके । बरिस्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन गरिएको छ ।

असल शासन मिडियाले प्रकाशन गरेको उक्त पुस्तक शनिबार एक विशेष कार्यक्रममा बिमोचन गरिएको हो ।

खुशी शाही, ओनिर काफ्ले, सामान भण्डारी, समृद्दी भण्डारी लगायत सात जना बालबालिकाहरुले सो पुस्तक बिमोचन गर्नु भएको थियो ।

असल शासन मिडियाका प्रमुख नमस्कार शाहले संचालन गरेको कार्यक्रममा वरिष्ठ कलाकार श्यामानन्द सिंहलाई नागरिक अभिनन्दन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी संघीय सभा सदस्य डाक्टर धवल शमशेर राणा, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सिंहलाई असल शासन मिडियाको तर्फबाट सम्मान-पत्र प्रदान गर्नु भएको थियो ।

पतन्जली योग समिती, निल सागर आश्रम, जनमत अर्द्द साप्ताहिक लगायत दर्जनौं संस्थाहरुले सिंहलाई सम्मान पत्र प्रदान गरेका थिए । 

सिंहको जन्मदिनको अवसरमा आयोजित उक्त कार्यक्रममा पुस्तकको बारेमा पुस्तक प्रकाशन संयोजक हेमन्त राज काफ्लेले जानकारी गराउनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डाक्टर धवल शमशेर राणाले सिंह बहुप्रतिभाको धनी व्यक्ती भएको उल्लेख गर्दै उहाँले कलाका माध्यमबाट सिंहले समाजलाई पुर्याउनु भएको योगदानको राष्ट्रले कदर गर्नु पर्ने बताउनु भयो ।

लुम्बिनी प्रदेस सभा सदस्य अम्बिका काफ्लेले सिंहको कला केन्द्र स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

असल शासन मिडिया संचालक समिती सदस्य दिला शाहको अध्यक्षतामा भएको कार्यक्रममा १०० बढी विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार