मुख्य समाचार
बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड |

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको प्रथम बैठक सम्पन्न

यूथ टुडे समाचारदाता 3464+ समाचार ( )
संचालक समितिको प्रवक्तामा आलम खान नियुक्त
३ फाल्गुन २०८१, शनिबार

बाँके । बाँकेको नेपालगञ्ज ३ एक्लैनि स्थित रहेको पश्चिम नेपालकै मुस्लिमहरुको सबै भन्दा ठूलो धार्मिक संस्था दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको आज शनिबार बसेको प्रथम बैठकले मस्जिद, मदरसाका कार्यहरुको समीक्षा गर्दै आगामी दिनमा गर्नु पर्ने कार्यक्रमको बारेमा छलफल गरेको छ ।

दारुल उलुम फैजुन्नबी जामा मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँको अध्यक्षतामा बसेको बैठकले विगत केही वर्ष देखि संस्था नविकरण नरहेकोले तत्काल नविकरणका लागि जिल्ला प्रशासन कार्यालयद्धारा गठित आर्थिक छानबिन समितिलाई तत्काल काम सम्पन्न गरी नविकरण गराउन समन्वयकारी भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारी संग अनुरोध गर्ने र पाँच महिना देखि तलब नपाएका कर्मचारीहरुलाई १० दिन भित्रै तलब दिने निर्णय गरिएको महासचिव हाजी ऐनुद्दीन अन्सारीले जानकारी दिनु भयो । 

बैठकले अध्यक्ष मियाँ, उपाध्यक्ष हाजी रौनक अली इद्रिसि र कोषाध्यक्ष हाजी मोहम्मद हुसेन हल्वाईको हस्ताक्षरमा खाता संचालनका लागि जिम्मेवारी दिने निर्णय गरेको छ भने निर्माणधिन अवस्थामा रहेको जामा मस्जिदको निर्माणको कामलाई तिब्रता दिने समेत बैठकले निर्णय गरेको छ । कोषाध्यक्ष हल्वाईको प्रत्यक्ष निगरानीमा निर्माण भईरहेको समितिले जनाएको छ । 

प्रथम बैठकले संस्थाको प्रवक्तामा कार्यसमितिका सदस्य एंव पत्रकार आलम खानलाई बनाउने निर्णय गरेको छ । धार्मिक विषयमा मस्जिदका मुफती जाफर रजालाई बोल्ने पाउने अधिकार प्रत्योजन गरेको कोषाध्यक्ष मोहम्मद हुसेनले जानकारी दिनु भयो ।

बैठकमा आउदै गरेको मुस्लिमहरु पवित्र महिना रमजान लगायतको तयारीका विषयमा छलफल गरिएको अध्यक्ष मियाँले बताउनु भयो । अध्यक्ष मियाँको अध्यक्षतामा भएको बैठकको संचालन सहसचिव अब्दुल अजीज काजी अन्सारीले गर्नु भएको थियो भने कार्यसमितिका सदस्यहरु र बरिष्ठ सल्लाहकार सैयद रिहान मियाँ, कानुनी सल्लाहकार अधिवक्ता जमालुद्दीन अन्सारी र आर्थिक सल्लाहकार मोहशीन खान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Gulam Rabbani ३ फाल्गुन २०८१, शनिबार

ماشاءاللہ Allah pak Acche Andaz me din ki khidmat karne saadat nasib farmaye

Gulam Rabbani ३ फाल्गुन २०८१, शनिबार

ماشاءاللہ Allah pak Acche Andaz me din ki khidmat karne saadat nasib farmaye

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार