मुख्य समाचार
हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न |

हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक

यूथ टुडे समाचारदाता 3525+ समाचार ( )
६ भाद्र २०८३, शनिबार

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा सञ्चालित महान जनयुद्धका एक योद्धा, जनसरकारको न्यायिक समिति (जनअदालत) का प्रमुख तथा जनअधिकार प्राप्तिको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अनुभवी राजनीतिज्ञ हाफिज डा. मोहम्मद साबिर खानको निधनले बाँकेको राजनीतिक तथा सामाजिक क्षेत्रमा गहिरो शोक छाएको छ ।

६५ वर्षीय खानको क्यान्सरजस्तो घातक रोगसँग संघर्ष गर्दागर्दै गत भाद्र २ गते मंगलबार राति ११ बजेर १३ मिनेटमा डुडुवा गाउँपालिका–२, बेतहनी उचुवा आफ्नै निवासमा निधन भएको हो । उहाँ तत्कालीन पार्टी जिल्ला समितिका सदस्यसमेत रही लामो समयदेखि राजनीतिक तथा सामाजिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएको थियो ।

सामान्य जीवनबाट राजनीतिक संघर्षको कठिन यात्रामा प्रवेश गर्नुभएका खानले जनअधिकार, सामाजिक न्याय र उत्पीडित समुदायको आवाजका पक्षमा आफ्नो जीवनको महत्वपूर्ण समय समर्पण गर्नुभएको थियो। जनयुद्धका कठिन दिनहरूमा उहाँले निर्वाह गर्नुभएको भूमिका र जनसरकारको न्यायिक समितिको नेतृत्वले उहाँलाई संघर्षशील र अनुभवी राजनीतिक व्यक्तित्वका रूपमा स्थापित गरेको थियो ।

राजनीतिक जीवनमा अनेकौँ चुनौती र उतारचढाव सामना गरे पनि खानले आफ्नो सामाजिक जिम्मेवारी र जनतासँगको सम्बन्धलाई निरन्तरता दिनुभएको थियो । उहाँको निधन केवल एक परिवारले आफ्ना अभिभावक गुमाएको घटना नभई राजनीतिक तथा सामाजिक आन्दोलनले एउटा अनुभवी व्यक्तित्व गुमाएको क्षणका रूपमा स्थानीयस्तरमा लिइएको छ ।

खानका छोरा मुस्लिम जर्नलिस्ट क्लबका अध्यक्ष, युथ टुडे का सम्पादक, रेडियो नेपालका संवाददाता एवं मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष आलम खान हुनुहुन्छ। उहाँको निधनप्रति नेपाल पत्रकार महासंघ बाँकेले समेत गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

खानको निधनले श्रीमती, एक छोरा र छ छोरीसहितको परिवारलाई गहिरो पीडामा छोडेको छ। जीवनका कठिन मोडमा परिवारका लागि अभिभावक, सन्तानका लागि मार्गदर्शक र समाजका लागि अनुभवी राजनीतिक व्यक्तित्वका रूपमा रहनुभएका खानको अभाव अब परिवारसँगै उहाँलाई नजिकबाट चिन्ने सबैले महसुस गर्नेछन् ।

उहाँको पार्थिव शरीरको नेपालगञ्जस्थित कब्रिस्तानमा बुधबार इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको थियो। अन्तिम विदाइका क्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ता, व्यापारी, पत्रकार, मानव अधिकारकर्मी, समाजसेवी तथा विभिन्न क्षेत्रका हजारौँ व्यक्तिको सहभागिता रहेको थियो। शोकाकुल भीडले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम विदाइ दिएको थियो ।

अन्त्येष्टिमा सहभागी धेरैका आँखामा आँसु र मनमा पीडा देखिन्थ्यो। जीवनभर जनताको अधिकार र सामाजिक न्यायका लागि संघर्ष गर्नुभएका खानलाई अन्तिम पटक विदाइ गर्न पुगेकाहरूका लागि त्यो क्षण भावुक र अविस्मरणीय बनेको थियो ।

संघर्षको यात्रामा आफूले देखेको र भोगेको समयलाई इतिहासको एउटा अध्याय बनाउँदै खान अब भौतिक रूपमा हामीमाझ रहनुभएन। तर जनअधिकारका लागि उहाँले गरेको योगदान, राजनीतिक यात्राका अनुभव र समाजमा छोडेर जानुभएको स्मृति भने उहाँलाई चिन्ने पुस्ताका लागि लामो समयसम्म जीवित रहनेछ ।

हाफिज डा. मोहम्मद साबिर खानप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।

प्रतिक्रिया

भावपूर्ण श्रद्धाञ्जली ६ भाद्र २०८३, शनिबार

भावपूर्ण श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली ६ भाद्र २०८३, शनिबार

भावपूर्ण श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली ६ भाद्र २०८३, शनिबार

भावपूर्ण श्रद्धाञ्जली

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार