मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

बाँकेमा स्थानीयतह कर्मचारी जिल्ला संघर्ष समिति गठन

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
२४ अशोज २०८०, बुधवार

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालको संयोजकत्वमा जिल्लाका ८ वटै पालिकाको प्रतिनिधित्व हुने गरी जिल्लास्तरीय ११ सदस्यीय स्थानीय तह कर्मचारी जिल्ला संघर्ष समिति गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा बुधबार भएको कर्मचारीको जिल्ला भेलाले संघर्ष समिति गठन गरिएको हो ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिद्वारा असोज १५ गतेदेखि जारी दवावमूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन बाँके जिल्लाका ८ वटै पालिकामा सहकार्य, समन्वय व्यवस्थापन र अनुगमन गर्दै आन्दोलनका कार्यक्रमहरुलाई दबाबमूलकरुपमा प्रस्तुत गर्न संघर्ष समिति गठन गरिएको अर्यालले बताए ।

एकीकृत निजामती सेवा ऐनमा २० बुँदे मागलाई यथाशिघ्र सम्बोधन गर्न गराउन दबाब दिने उद्देश्यले गठित समितिको सदस्यहरुमा खजुरा गाउँपालिकाबाट खगेन्द्रबहादुर मल्ल, बैजनाथबाट पूर्णप्रसाद जैसी, कोहलपुर नगरपालिकाबाट सुवास पौडेल र शिला गौतम जानकीका दिपक केसी, नरैनापुरका लक्ष्मीकान्त मिश्र, डुडुवाबाट रामअचल यादव, राप्तीसोनारीका मनोज वली र नेपालगन्ज उपमहानगरपालिकाका पूजा बस्न्यात तथा सदस्य सचिवमा नेपालगन्ज उपमहानगरपालिकाका प्रविण राना रहेका छन् ।

स्थानीय तहका कर्मचारीले गत शुक्रबारदेखि पेन डाउन गरेर काम रोकेका छन् । मंगलबार काठमाण्डौमा कर्मचारीमाथि दमन भएपछि उनीहरु अझ आक्रोशित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार