मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

अखाद्य हानिकारक कोलटार रङ्ग प्रयोग गरेको कसुरमाबिसमिल्ला होटलका संचालक साइलाई सजाय

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

बाँके । बिरयानी, कवाब र शोर्मा लगायतका खाने कुरामा अखाद्य हानिकारक कोलटार रङ्ग मिसाउने तथा फोहोर ठाउँमा मासु भण्डारण गर्ने नेपालगन्जका एक होटल व्यवसायीलाई जिल्ला अदालत बाँकेले एक लाख रुपियाँ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँकेले नेपालगन्ज उप–महानगरपालिका वडा नं. ११ स्थित बिसमिल्ला होटलका संचालक मोहम्मद उमर साइविरुद्द दायर गरेको मुद्दामा बाँके जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक लाख रुपिया जरिवाना र ६ महिनाको कैद सजाय गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँकेका खाद्य निरिक्षक रामहरी लामिछानेले दायर गर्नु भएको सो मुद्दामा जिल्ला अदालत बाँकेका न्यायधिश केशवराज चपाईको ईजलाशले फैसला सुनाउँदै प्रतिवादीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ (१) (ख) बमोजिम ६ महिना कैद र एकलाख रुपियाँ जरिवाना हनुे ठहरिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम फैसला गरिएको अदालतले जनाएको छ । 

सो होटलको स्थलगत अनुगमन निरीक्षण गर्दा बिरयानी पकाउने ठाउँ खुल्ला रहेको, शौचालयसंग जोडिएको, अत्यधिक फोहोर अवस्था रहेको, झिंगा भन्केको पाइएको, फ्रिजमा अत्यन्त फोहोर (दूषित) अवस्थामा मासु भण्डारण गरेको, प्लाष्टिकका भाडामा खानेकुरा (प्याज, राइता, ब्रेडक्रम, चिकन) भण्डारण गरेको, पकाएर खाने खाना बिरयानी र कवाफमा कोरटार रंगको प्रयोग गरेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।  

सोही प्रकारले अनुगमनको क्रममा भण्डारण कक्ष अत्यन्त फोहोर पाइएको, खानेकुरा अव्यवस्थित गरि राखेको, कच्चा पदार्थ भण्डारण गर्ने स्थानमा नै फोहोर फाल्ने, थुक्ने लगायत गर्ने गरेको पाइएको जनाउँदै सो कार्यालयले गत वर्ष २०८१ जेठ पाँच गते बिसमिल्ला होटलका संचालक मोहम्मद उमर साइ विरुद्द जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको थियो । 

सोही मुद्दामा न्यायधिश चपाईको एकल ईजलाशले साइले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने काम गरेको ठहर गरि एक लाख जरिवाना र ६ महिना कैदको सजाय सुनाएको हो । सो मुद्दा सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले अघिल्लो आर्थिक वर्षमा ६ वटा मुद्दा अदालतमा दायर गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार