मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको ठूलो दाजुको निधन, शोकमा डुब्यो नरैनापुर

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
८ मंगशिर २०८०, शुक्रबार

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई शोक परेको छ ।  अध्यक्ष शाहका दाजु शैयद मुस्ताक अहमद शाहको ७८ वर्षको उमेरमा बिहिबार ११ बजे राती भारतको मेक्स अस्पतालमा मृत्यु भएको हो ।

दाजुको निधनपछि अध्यक्ष शाहले बुबा सरहको दाजु गुमाए पछि आफू पूर्ण रूपमा टुहुरो भए पनि कर्तव्यबाट टुहुरो बन्न नमिल्ने बताउनुभएको छ । उहाँले आफ्नो बाँकी जीवन जनतको सेवामा लगाउने बताउनुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘दाजु उपचार पछि फर्किने भनेर बाचा गरेर अप्रेशन थ्रेटर भित्र जानु भएको तर कहिले नफर्कने गरी हामीलाई टुहुरो बनाएर यो संसारबाट बिदा हुनुभयो । आमा बुबाले टुहुरो बनाएर गए पछि दाजु कै लालनपालनमा हुर्केको बताउदै अध्यक्ष शाहले उप्रान्त दाजु त रहनु भएन रह्यो त केवल खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छाती पहिला नै टुटुरो बनेको थियो ।  दाजुको मृत्यु पश्चात आज बाट हामी पूर्ण रूपमा टुहुरो भयौँ तर कर्तव्य बाट टुहुरो बन्न नमिल्ने बताउदै बाँकी जीवन जनतको सेवामा लगाउने छु । निःशब्द छु तर भन्न बाध्य छु दाजु हार्दिक श्रद्धाञ्जली !’ शैयद मुस्ताक अहमद शाहको इस्लामीक संस्कार अनुसार शनिबार विहान १० बजे नरैनापुर २ मियाँमा हुने वडा नं. २ का अध्यक्ष मूसूद अहमद शाहले जानकारी दिनु भयो । 

यसैबीच नरैनापुर गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले अध्यक्ष शाहलाई परेको शोकप्रति समवेदना प्रकट गर्नुभएको छ  ।

शुक्रबार गाँउकार्यपालिकाको आपतकालीन बैठक बासी शोक प्रस्ताव पारीत गर्दै प्रमुख प्रशासकिय अध्यक्ष खरालले अध्यक्ष शाह प्रति समवेदना प्रकट गर्दै उहाँका दाजुलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । 

प्रमुख प्रशासकिय अधिकृत खरालले लेख्नु भएको छ, ‘.नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका आदरणीय ठूलो दाजु शैयद मुस्ताक अहमद शाहको ७८ बर्षको उमेरमा दुःखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । दुःखको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।’

नरैनापुर गाँउपालिकाका प्रेस विज्ञ आलम खानका अनुसार ‘अध्यक्ष शाहका दाजु धार्मिक गुरु हुनु हुन्थ्यो, मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफको मुख्य पुजारी समेत रहनु भएको थियो । उहाँको निधनले नरैनापुर शोकमा डुबेको छ ।’ विज्ञ खानका अनुसार शैयद मुस्ताक अहमद शाह सबै धर्मका बीच धार्मिक सद्भाव बनाई राख्न जोड दिदै आउनु भएको थियो । उहाँ कुनै राजनितिक आस्था संग जोडिनु भएको थिएन बिशुद्ध धार्मिक कार्यमा सक्रिय रहद रहदै उपचारका क्रममा निधन भएको हो । उहाँले कुरआनका साथै श्रीमद् भगवदगीताको पनि अध्ययन गर्नु भएको थियो । शनिबार हुने अन्तीम संस्कारमा उहाँको आफन्त र विश्वासीहरु बाँके जिल्ला सहित भारतको उत्तर प्रदेश लगायतका ठाँउबाट हजारौको संस्खामा सहभागि हुने छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार