मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

ज्येष्ठ नागरिकलाई गाडी भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनमा ल्याउन मुख्यमन्त्री आचार्यको पहल

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको लागी प्रदेश सरकारले पहल लिने बताउनु भएको छ ।  ६० बर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको दर्जा दिइएको छ । सार्वजनिक सवारी साधनमा दुई वटा सिट सुरक्षित गरी ५० प्रतिशत गाडी भाडा छुट दिने कानुनी व्यवस्था छ । तर, यो व्यवस्था पूर्ण कार्यान्वयनमा नआउदा ज्येष्ठ नागरिकहरु समस्या परेको भन्दै मुख्यमन्त्री आचार्यले कार्यविधिको पूर्ण कार्यान्वयन संगै ८० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनको भाडामा पूर्ण छुट दिने बारेमा समेत पहल गरिने बताउनु भएको हो ।

९२ बर्षिय ज्येष्ठ नागरिक जुद्धप्रसाद भट्टराई संगको भेटमा मुख्यमन्त्री आचार्यले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने जिम्मेवारी राज्यको भएकाले पाका पुस्ताको ज्ञान, सिप, क्षमता र अनुभवको सदुपयोग गरेर समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेश बनाउने अभियानमा जोडिन सबै ज्येष्ठ नागरिकहरुमा अपिल गर्नु भएको छ ।‘ज्येष्ठ नागरिकलाई श्रद्धा, आदर र सदभाव अभिवृद्धि गर्ने काम राज्यले गर्छ’उहाँले भन्नुभयो,‘तपाईहरुको ज्ञान, सिप, क्षमता र अनुभव मुलक बनाउन खाँचो छ ।’
मुख्यमन्त्री संगको भेटमा ज्येष्ठ नागरिक भट्टराईले ८० बर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा भाडा निःशुल्क बनाउन माग राख्नु भएको थियो । मुख्यमन्त्री आचार्यलाई भेट गर्न भट्टराई बिहिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरी आउनु भएको थियो ।
‘हामीलाई सकभर गाडीमा चढाउदै चढाउदैनन् । चढाई हाले भाडा छुट दिदैनन’उहाँले भन्नुभयो,‘हामी ज्येष्ठ नागरिकलाई यात्रामा पूर्ण छुट चाहियो ।’ 
घरमा बस्नु भन्दा घुमेर समय विताउन चाहने ज्येष्ठ नागरिकलाई राज्यले सुविधा दिनुपर्ने समेत भनाई राख्नु भयो ।‘एकै ठाउँमा बसिरहदा बिरामी परिन्छ । राम्रो हुदैन । भ्रमण गराउने काम राज्यले गर्नूपर्छ’भट्टराईले भन्नुभयो,‘म घुमिरहन्छु । तर, गाडीमा यात्रा गर्न सजिलो छैन् । ढाँट छल गर्छन । दुःख दिन्छन् । हामिलाई सम्मान पूर्वक घुमिफिर गर्ने वातावारण बनाईदिनुप¥यो ।’ राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूको संख्या २९ लाख ७७ हजार ३१८ पुगेको छ । जुन कुल जनसंख्याको १०.२१ प्रतिशत हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार