मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

नेपालगञ्जमा करोडौंको लगानीमा तयार गरिएको अत्याधुनिक वेस्टर्न मल दिपावलीमा शुभारम्भ गरिने

महमूद आलम खान 1133+ समाचार ( )
लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक मलका रुपमा रहेको दाबी
१२ कार्तिक २०७८, शुक्रबार

सिराज खान

नेपालगञ्ज । पश्चिम नेपालको केन्द्र नेपालगञ्जमा करोडौंको लगानीमा तयार गरिएको अत्याधुनिक शपिंग मल वेस्टर्न मलमा दिपावली र तिहारको अवसरमा वेस्टर्न मार्ट सञ्चालनमा आउने भएको छ । सो मार्टको उदघाटन धनतेरसका दिन कात्तिक १६ गते गरिने भएको छ ।

कोरोना कहरकैविच वेष्टर्न विजनेश गु्रपले नेपालगञ्जको सुर्खेतरोडमा अत्याधुनिक सुविधा सहितको वेस्टर्न मल र मार्टको निर्माण पुरा गरेको विजनेश गु्रपका अध्यक्ष सञ्जय थापाले बताउनुभयो ।

उहाँले विजनेश ग्रुपका सदस्यहरु र बैंकको गरेर करोडौंको लगानीमा तयार गरिएको यो मल लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक मलका रुपमा रहेको दाबी गर्नुभयो ।

सो मलमा रहेको ५० हजार स्क्वायर फिट क्षेत्रफल भित्र बिभिन्न ब्राण्डका सोरुमहरु, मनोरञ्जनका साधनहरु र बिषेश गरी बच्चाहरुलाई लक्षित गरि इनडोर गेमिङ्ग जोन रहने कम्पनीले जनाएको छ ।

‘यसका अलावा अन्तराष्ट्रिय स्तरको सेलुन, सौना तथा स्पा, फुड कोर्ट समेत रहने छ,’ वेस्र्टन बिजनेस गु्रपका अध्यक्ष थापाले भन्नुभयो, ‘नेपालगञ्जमै पहिलो पटक साना तथा महिला उद्यमीलाई लक्षित गरी स साना स्टलका रुपमा कियोस्स स्टोर अन्यन्तै न्यून भाडादरमा उपलब्ध गराउने लक्ष्य यस मलले लिएको छ ।’

‘शपिंग मल भनेको किनमेल गर्ने स्थानका रुपमा मात्र नभएर मनोरञ्जन र फुर्सदको समय व्यवस्थित गर्ने स्थान समेत भएकोले सो कुरालाई बिषेश ध्यान दिएर यसका भित्री आकर्षण तथा साजसज्जालाई समेत बिषेश ध्यान दिइने छ । जसलाई हाल चलनमा रहेको सेल्फि प्वाइन्टका रुपमा पनि लिन सकिने छ,’ अध्यक्ष सञ्जय थापाले भन्नुभयो, ‘मलमा वेस्र्टन मार्ट (सुपर मार्केट), मल्टिब्राण्ड मोबाइल तथा ग्याजेट सोरुम, रेस्टुरेन्ट, कफी सप, फेसन सोरुम आदी समेत रहेका छन् ।’

‘वेष्टर्न मार्ट’ मा ६० बढीलाई रोजगारी दिनेगरी सञ्चालन गरिने छ । मलको तल्लो र पहिलो तल्लामा मार्ट सञ्चालन गरिने थापाले बताउनुभयो ।

अत्याधुनिक सुविधा सम्पन्न यो मल पूर्ण रुपमा एसी जडित, क्याप्सुल लिफ्ट, यथेष्ठ पार्किङ्गको सुविधा रहने जानकारी दिइएको छ ।

कम्पनीका विजनेश कन्सल्टेन्ट शैलेस लोहनीले मलको बाहिरी भागमा नेपालगञ्जको स्थानीय स्वादका बिभिन्न परिकारका फुड स्टलहरु समेत रहने जानकारी दिनुभयो ।

कोरोना कहरका कारण झण्डै दुई बर्ष ढिला सञ्चालनमा आउने लागेको वेष्र्टन मलले नेपालगञ्जको बजार, व्यवसायलाई नयाँ स्वरुप दिन सहयोग गर्ने विश्वास विजनेश गु्रपका अध्यक्ष थापाको छ ।

मार्टको उदघाटनका अवसरमा केही दिनका लागि विभिन्न सामानमा २५ प्रतिशत सम्म छुट दिने योजना रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार