मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

बाँकेको ग्रामीण विद्यालयमा बिद्युतीय दुर्घटना सचेतना कार्यक्रम सञ्चालन हुने

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
२७ कार्तिक २०८२, बुधवार

बाँके । बाँकेको ग्रामीण क्षेत्रका विद्यालयहरूमा बिद्युतीय दुर्घटना सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ।

गाउँघरमा विद्युत प्रयोगका क्रममा देखिएको अज्ञानता र असावधानीका कारण बढ्दो दुर्घटना जोखिमलाई मध्यनजर गर्दै आगामी मंसिर ७ गतेदेखि विद्यालयस्तरमा सचेतना कार्यक्रम सुरु गर्न लागिएको नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पर्याप्त ज्ञानको अभावका कारण विद्युतजन्य दुर्घटना हुने गरेको पाइएकाले विद्यालयस्तरमै सञ्चालन हुने प्रशिक्षणले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीलाई विद्युतबाट हुन सक्ने जोखिम र त्यसको न्यूनिकरणका उपायबारे महत्वपूर्ण ज्ञान प्रदान गर्नेछ ।

नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रको आयोजनामा बाँकेका ८ वटै स्थानीय तहहरूमा कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि विद्यालयहरूलाई बितरण केन्द्रको समन्वयमा सम्पर्कमा आउन अनुरोध गरिएको वितरण केन्द्रका लेखा अधिकृत बुद्धि सागर भुषालले बताउनुभयो।

कार्यक्रम मार्फत सहभागीहरूलाई विद्युतिय सुरक्षा, सम्भावित जोखीमका कारणहरू, दुर्घटना पश्चात गर्नुपर्ने प्राथमिक उपचार, उपकरणको सुरक्षित प्रयोग र विद्युत ऊर्जा खपतका उपायहरूबारे जानकारी प्रदान गरिनेछ।

नेपालगञ्ज वितरण केन्द्रका नो लाइट शाखाका प्रमुख विष्णु खत्रीले ग्रामीण क्षेत्रमा यस्ता सचेतनामूलक कार्यक्रमहरू न्यून मात्र हुने गरेको उल्लेख गर्दै सो कार्यक्रमले विद्युत दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण टेवा पुर्‍याउने बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो दैनिक जीवनमा विद्युत प्रयोगसँग सम्बन्धित जोखिम र सावधानीबारे यस कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयले राम्रो ज्ञान प्राप्त गर्ने छन्, यो उपलब्धिमूलक कार्य हो ।”

उहाँका अनुसार, आगामी दिनमा विद्युत चुहावट नियन्त्रण र सम्भावित दुर्घटना न्यूनीकरणमा पनि यसले थप सहजता ल्याउनेछ ।

निकट भविष्यमा नरैनापुरमा विद्युत सवस्टेशन निर्माण हुने र जानकी गाउँपालिकामा १३२ केभिए प्रशारण लाइनको निर्माण हुँदै गरेकोले बाँके लगायतका ग्रामीण क्षेत्रका विद्यालयहरूमा पनि सचेतना कार्यक्रम सञ्चालन गरिने वितरण केन्द्रले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार