मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

नेपालगञ्ज मुस्लिम समाजले महिलालाई अपमान गरेको छैन- अध्यक्ष हकिम

महमूद आलम खान 1133+ समाचार ( )
समाजले गरेको कामले केहि व्यक्तिहरुलाई अपाच्य भयो
७ कार्तिक २०७८, आइतबार

बाँके । नेपालगञ्ज मुस्लिम समाजले पहिलो पटक नेपालगञ्जमा आयोजना गरेको पदभार ग्रहण र सम्मान कार्यक्रममा महिलालाई अपमान गरेको समाचार सार्वजनिक भए पछि समाजका अध्यक्ष हाजी हकिमले समाजले गरेको कामले केहि व्यक्तिहरुलाई अपाच्य भए पछि कपोकल्पित, बदनियतले बदनाम गर्न खोजेको भन्दै कडा रुपमा भर्सन गर्नु भएको छ ।

उहाँले समाजले गरेको कार्यक्रममा महिलालाई प्रमुख स्थान दिएको बताउँदै कार्य समिति सदस्य मध्य एक जना महिलालाई मात्र सम्मान गरेको उल्लेख गर्दै अध्यक्ष हकिमले सदस्य शहिदा शाहले स्वागत मन्तव्य राखे राखे पनि कार्यक्रमको समापनको समयमा बोल्न खोजे पछि मर्यादा क्रम बिचेर बोल्न दिन नमिल्ने बताए लगत्तै शाहले कपोकल्पित रुपमा समाजलाई बदनाम गर्न सामजिक संजालमा समाजको बिरुद्धमा स्टाटस लेखेको बताउनु भयो ।

युथ टुडे न्युज संग कुरा गर्दै अध्यक्ष हकिमले मानिसको जीवनको लक्ष्य के हो ? पद, धन, कामना, प्रशंसा, चुनाव जित्नु, आफू मात्र सन्तुष्ट रहनु ? यदि यही हो भने यो समाजमा हिंसा कहिल्यै निर्मूल हुन नसक्ने जिकिर गर्नु भयो।

उहाँले भन्नुभयो, यदि होइन भने अनेक प्रपन्चकाबाबजुद पनि, मानिस जीवनमा प्रेम, शान्ति, आनन्द र खुसी चाहन्छ भने विभेदको अन्त्य भई महिलालाई हरेक क्षेत्रमा समान सहभागिता गराउनु जरुरी छ, जसले अपूर्ण रहेको सभ्यतालाई पूर्णता दिने सक्ने बताउनु भयो । समाजले महिला प्रमुख स्थानमा राखेको उल्लेख गर्नु भयो ।

अध्यक्ष हकिमले भन्नुभयो जहाँ प्रेम र पूर्णता छ त्यहाँ हिंसा र अराजकताले स्थान पाउनै सक्दैन । त्यसैले नैतिकता, अनुशासन, सिर्जनात्मक र व्यवहारिक शिक्षायुक्त समाज निर्माणमा महिलाको महत्वपूर्ण योगदान रहने गरेको बताउदै उनले इस्लामिक सरियत भित्र रहेर महिलालाई सम्मान गर्दै आएको जिकिर गर्नु भयो ।

यता शाहिदा शाहले सामजिक संजाल मार्फत समाजले आयोजना गरेको कार्यक्रममा महिलालाई फ्रान्ट सिटमा नराखेको र सम्मानित हुने महिलाहरुलाई बोल्न नदिएको भन्दै बिरोध स्वरुप सम्मान फिर्ता गरि आफु महिला भएको नाताले एकाउन्न प्रतिशत महिलाको अपहेलना गरिएको महसुस गरेको उल्लेख गर्नु भएको छ ।

उहाँले लेख्नु भएको छ 'कोभिड-१९ को बेलामा योगदान पुर्याएकोले मूल्याकंन गरी मलाई सम्मान गर्न लायक ठान्नु भएकोमा संस्थाका समस्त पदाधिकारीलाई आभार व्यक्त गर्दछु ।'

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार