मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

स्वास्थ्यमा सुधार भएपछि जानकी गाउँपालिकाका अध्यक्ष खान स्वदेश फिर्ता

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

बाँके । नेपाली कांग्रेसका नेता एवम् बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खान स्वदेश फर्कनु भएको छ ।

भारतको लखनउस्थित इन्डो अस्पतालमा भर्ना भई उपचाररत रहनु भएकोमा आज बिहान अस्पतालबाट डिस्चार्ज भई आजै नेपाल फिर्ता हुनु भएको छ । नेपाल फर्किए पछि उहाँले स्वास्थ्य लाभको कामना गर्नु हुने बिभिन्न पालिकाका जनप्रतिनिधि, जानकी गाउँपालिकाका कर्मचारीहरु, विभिन्न राजनीतिक दलका नेता,, संचारकर्मी , उपचारमा संलग्न नेपाल र भारतका स्वास्थ्यकर्मीहरु र सहकर्मी सबैप्रति आभार र धन्यवाद व्यक्त गर्नुभयो । 

अध्यक्ष खानको मुटुमा समस्या देखिएपछि गत भाद्र ९ गते भेरी अस्पतालमा उपचारका भर्ना भए पनि थप उपचारका लागि लखनऊ पुग्नु भएको थियो । 

स्वास्थ्यमा उल्लेख्य सुधारपछि घर फर्किए पनि केही हप्ता पर्याप्त आराम गर्न अध्यक्ष खानलाई उपचारमा संलग्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

स्वदेश फर्किनु भएका अध्यक्ष खानलाई जानकी गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुले स्वागत गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार