मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले भने जनताको सपना पुरा गर्न पुन: उम्मेदवारी दिएको छु

महमूद आलम खान 1133+ समाचार ( )
‘समृद्ध नरैनापुर गाउँपालिका बनाउने महाअभियानमा बाँकी रहेका जनताहरुको सपना र आकांक्षालाई पूरा गर्न, आम गाउँपालिकावासी जनताहरुको भावनालाई सम्मान गर्दै पुनः उभिएको छु एकपटक ।
१३ वैशाख २०७९, मङ्गलबार

बाँके । जिल्लाको नरैनापुर गाउँपालिकाका निवर्तमान अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिका अध्यक्षमा पुनः उम्मेदवारी दर्ता गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनय दर्ताको अन्तिम दिन सोमबार (हिजो) निर्वाचन अधिकृतको कार्यालय पुगेर शाहले पुनः गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेवारी दर्ता गरेसँगै शाहले भनेका छन्, ‘समृद्ध नरैनापुर गाउँपालिका बनाउने महाअभियानमा बाँकी रहेका जनताहरुको सपना र आकांक्षालाई पूरा गर्न, आम गाउँपालिकावासी जनताहरुको भावनालाई सम्मान गर्दै पुनः उभिएको छु एकपटक । विश्वास गर्नुस् विकास, निर्माण, जनसेवासहित सम्पूर्ण रुपमा आकर्षणको केन्द्र बन्दै उचो उभिनेछ नरैनापुर गाउँपालिका ! बाँकी काम र सेवाबाट ।’

गाउँपालिका अध्यक्षका लागि पुनः उम्मेदवारी दर्ता गराएका इस्तियाक अहमद शाह जनता समाजवादी पार्टीका केन्द्रीय समितिमा रहनु भएको छ ।  आफ्नो पाँच वर्षे कार्यकालमा गाउँपालिकाको समग्र (स्वास्थ्य, शिक्षा, यातायात, खेलकुद, सामाजिक, आर्थिक) बिकास र समृद्धिका लागि देखाएका सक्रियताका कारण चर्चित छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनबाट पालिका अध्यक्षमा निर्वाचित भएसँगै शसहल पालिकाभर गरेका काम उदाहरणीय छन् । पालिकाभर निर्माणाधीन विभिन्न बिकास आयोजना र कामहरु सम्पन्न गर्नुका साथै नयाँ योजनाहरु कार्यन्वयन गर्दै समृद्ध नरैनापुरको सपना साकार गर्नका लागि गाउँपालिका अध्यक्षमा पुनः शाह निर्वाचित हुनु आवश्यक रहेको स्थानीयहरुको भनाइ छ ।

जानकारी अनुसार स्थानीय जनता र पार्टी कार्यकर्ताको दबाबका कारण शाहले पुनः अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै गाउँपालिको उपप्रमुखमा पनि निवर्तमान उपाध्यक्षमा जयन्ती देवी श्रीवास्तवले पनि पुनः उम्मेदवारी दर्ता गराउनु भएको छ । २०७४ को निर्वाचनमा जसपाबाट उपप्रमुखमा निर्वाचत सोही पार्टीबाट उम्मेदवारी दर्ता गराउनु भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै