मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

जनतालाई सरल र सहज सेवा प्रदान गर्न खानेपानी मन्त्री खानको निर्देशन

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
सङ्घीय सरकारका खानेपानी मन्त्री अब्दुल खानले खानेपानी संस्थानका कर्मचारीहरुले जनतालाई सरल र सहज सेवा प्रदान गर्नुपर्ने बताउनु भएको छ ।
१४ माघ २०७९, शनिबार

बाँके । सङ्घीय सरकारका खानेपानी मन्त्री अब्दुल खानले खानेपानी संस्थानका कर्मचारीहरुले जनतालाई सरल र सहज सेवा प्रदान गर्नुपर्ने बताउनु भएको छ ।

नेपालगंजमा रहेको क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय सहित खानेपानी मन्त्रालय अन्तरगतका कार्यालयहरुको आज अनुगमनपछि कर्मचारीहरुसँगको छलफल कार्यक्रममा मन्त्री खानले अनुशासित, मर्यादित र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भयो । खाने पानी मन्त्रीको जिम्मेवारी सम्हाले पछि पहिलो पटक बाँके आएका मन्त्री खानलाई भव्य स्वागत गरिएको थियो ।

मन्त्री खानले बाँके र बर्दियामा  निर्माण भईरहेका योजनाहरु समयमा सम्पन्न गर्न तर्फ केन्द्रीत हुन निर्देशन दिदै कर्मचारीहरुलाई दलिय स्वार्थ भन्दा माथि उठेर काम गर्न सुझाव दिनु भएको थियो ।

बाँकेको डुडुवा निर्माण भई रहेको पानी टेंकीको निर्माण २१ दिन भित्रै सम्पन्न गर्न कर्मचारी मार्फत निर्माण कम्पनीलाई निर्देशन दिनु भयो । 

मन्त्री खानले संस्थानको कर्मचारी सेवा सर्त विनियमावली छिट्टै उपलब्ध गराउन मन्त्रालय लागिपरेको उल्लेख गर्नु भएको थियो ।

क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगंजका प्रमुख संजिव कुमार शाहले पानी वितरण प्रणाली, नयाँ योजना, मुहान र उपभोक्तासहितको विवरणबारे जानकारी गराउनु भएको थियो । २०६४ मा सुरु भएको योजना हाल सम्म सम्पन्न नहुनु चिन्ताको विषय भएको बताउदै प्रमुख शाहले बजेटको व्यवस्थापना गरी तत्काल काम सम्पन्न गराउन तर्फ भूमिका खेल्न मन्त्री खान संग आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार