मुख्य समाचार
सरसफाइलाई संस्कार बनाउने अभियानमा जानकी गाउँपालिका | स्तनको आकारको महत्व | भेरी अस्पतालमा नेतृत्व परिवर्तन : डा. नवीन दर्नाललाई मेसुको जिम्मेवारी | ब्रिटिश स्कुलमा डा. दिल द्वारा स्वास्थ्य सचेतना | दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न | जानकीमा अध्यक्ष कप क्रिकेटको रौनक, खेल प्रतिभा खोज्दै गाउँपालिका | राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम | नर्सिङः सम्मानजनक, संवेदनशील र जिम्मेवार पेशा ! | डीडीसीका कर्मचारीलाई नि:शुल्क दूध-घिउ सुविधा खारेज, वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने | संसद्मा ज्ञानेन्द्र शाहीको प्रश्न- यो सरकार हो कि आतंकवादी ? |

‘बर्दियाको बाघ आयो’ भन्दै माल्दाईको धमाकेदार इन्ट्री, नेपालगन्ज महोत्सवमा दर्शक उफ्रिए

यूथ टुडे समाचारदाता 3368+ समाचार ( )
महोत्सवमा चर्चित गायिका सृजना खत्री ले ‘हाउडे माया’,
४ माघ २०८२, शनिबार

नेपालगन्ज । नेपालगन्जमा जारी महोत्सवमा चर्चित लोकदोहोरी गायक कमल बिसी ‘माल्दाई’ को दमदार इन्ट्रीसँगै महोत्सवको माहोल तातेको छ । ‘बर्दियाको बाघ आयो, बाघ आयो’ भन्दै स्टेज प्रवेश गरेका माल्दाईलाई देख्न र सुन्न दर्शकको भिडले महोत्सव स्थल खचाखच भरिएको थियो ।

माल्दाई स्टेज चढ्नासाथ दर्शकको हुटिङ, ताली र नाराले माहोल नै फरक बनेको देखिन्थ्यो । “कता कता” भन्दै दर्शकलाई जिस्क्याउँदा उपस्थित दर्शकले एकै स्वरमा “यता यता” भन्दै जवाफ दिएका थिए । दर्शकको उत्साहले झनै जोसिएका माल्दाई स्टेजबाट तल झरेर दर्शककै माझ पुग्दै उफ्रिँदै नचाएका थिए ।

‘डोरी बाटेर’ बोलको गीत प्रस्तुत गर्दा दर्शक उफ्रिँदै नाचेर साथ दिएका थिए भने गायक माल्दाईसँग फोटो खिच्न स्टेजमै पुग्नेहरूको भिड थामिनसक्नु देखिएको थियो । स्टेजमै चकलेट गेम खेलाउँदै दर्शकलाई रमाइलो गराएका माल्दाईले एकपछि अर्को चर्चित गीत प्रस्तुत गर्दै माहोललाई चरममा पुर्‍याएका थिए । “बर्दियामा घर छ मलाई, के को डर छ” भन्ने गीतमा त दर्शकको हुटिङ झनै चर्किएको थियो ।

महोत्सवमा चर्चित गायिका सृजना खत्री ले ‘हाउडे माया’, ‘पिपलु छाया’, ‘लाहुरे माया’ जस्ता गीत प्रस्तुत गर्दै दर्शकलाई झुमाएकी थिइन् । त्यस्तै मोडेल करिश्मा शाही ले आकर्षक नृत्य प्रस्तुति दिएकी थिइन् । महोत्सवमा दैनिक लोकदोहोरी कार्यक्रमका साथै स्थानीय कलाकारहरूको निरन्तर प्रस्तुति रहने गरेको छ ।

पुस ३० गतेदेखि सुरु भएको आठौँ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव २०८२ नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति जिल्ला शाखा बाँकेको आयोजनामा र नेपालगन्ज उपमहानगरपालिका समितिको सह–आयोजनामा सञ्चालन भइरहेको छ ।

आयोजक मूल समितिका संयोजक समरबहादुर खत्री का अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहँदै आएको छ । महोत्सवमा नायक तथा मोडेल पल शाह, गायक तथा मोडेल दुर्गेश थापा, गायिका शान्ति श्री परियार, टक तिमिल्सेना, प्रिति आले, बद्री पंगेनी लगायत दुई दर्जनभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

महोत्सवमा लन्डन ब्रिज, फिस टनेल लगायत आकर्षक व्यापारिक स्टलहरू, थारु गाउँ अवलोकनको व्यवस्था गरिएको छ । विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता पनि सञ्चालन हुने सांस्कृतिक संयोजक मिना डाँगी ले जानकारी दिनुभयो । साथै भोलि आइतबार महोत्सवमा चर्चित गायक खुमन अधिकारी, गायिका इशबल सन्ज्याल र मोडेल निशा गिरी को विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार