मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

जनताको उत्साहजनक समर्थन पाएको दिपेन्द्र बिष्टको दाबी

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२३ माघ २०८२, बिहीबार

बाँके । जनता को सुझाव सङ्कलन र आफ्ना राजनीतिक एजेन्डा लिएर वडा नम्बर ४ मा घरदैलो गर्दै आशीर्वाद लिँदै हिँडेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार दिपेन्द्र बिष्टले जनताबाट उत्साहजनक साथ र समर्थन पाएको बताउनुभएको छ।

घरदैलो तथा टोल–टोलमा पुग्दा जनताले आत्मीय स्वागत गर्दै आफ्ना अपेक्षा र सुझाव राखिरहेको बिष्टले जानकारी दिनुभयो। उहाँका अनुसार जनतामा पार्टी र नेतृत्वप्रति स्पष्ट भरोसा देखिएको छ।

“जनतामा हाम्रो पार्टी र हामीप्रति विश्वास छ। यो विश्वासलाई कायम राख्दै हामी उनीहरूको सुख–दुःखमा सधैं सहभागी हुन्छौं,” बिष्टले भन्नुभयो।

बिष्टले बाँके क्षेत्र नम्बर २ मा कसैको स्थायी गढ नरहेको उल्लेख गर्दै पुराना भनिएका राजनीतिक गढहरू भत्किसकेको दाबी गर्नुभयो। जनताले संविधानको रक्षा गर्ने र परिवर्तन तथा समृद्धिको स्पष्ट एजेन्डा बोकेको दल खोजिरहेको उहाँको भनाइ छ।

“बाँकेमा अब कसैको गढ भन्ने छैन। जनताले राष्ट्रको समृद्धि र संविधानको रक्षा गर्ने एजेन्डा बोकेको दल खोजेका छन्, र त्यो भनेको नेकपा नै हो,” उहाँले भन्नुभयो।

नेपालगञ्ज–४ का स्थानीय सारिका अलिले दिपेन्द्र बिष्टमा समृद्धिको आधार निर्माण गर्न सक्ने स्पष्ट भिजन भएको नेता देखिएकाले जनताले उहाँलाई साथ दिने बताउनुभयो।

घरदैलोका क्रममा स्थानीयवासीहरूले बिष्टलाई टीका लगाएर जितका लागि अग्रिम शुभकामना दिँदै समर्थन व्यक्त गरेका थिए, जसले चुनावी माहोल थप उत्साहपूर्ण बनेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार