मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

धार्मिक सदभावलाई कायम राख्ने सर्वपक्षीय सहमती, कर्फ्युलाई क्रमशः खुकुलो बनाउने निर्णय

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१७ अशोज २०८०, बुधवार

नेपालगन्ज । नेपालगन्जमा शान्ति र सदभाव कायम गर्न भन्दै बसेको सर्वपक्षीय/सर्वदलीय बैठकले समाजिक सदभाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा धार्मिक आस्थामा आंच आउने क्रियाकलाप गर्ने जो कोहीलाई तत्काल कारबाही गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेमा बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरुपमा सामान्य अवस्थामा ल्याउने, र नेपालगन्जमा जारी कर्फ्युलाई क्रमशः खुकुलो बनाएर पूर्णरुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकमा उपस्थित सबैले अव उप्रान्त सदभाव भड्कीन नदिने सामुहिक प्रतिबद्धता जनाइएको छ । बैठकले सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागीता हुने गरि सदभाव र्याली निकाल्ने पनि निर्णय गरेको छ ।

बैठकमा नगरप्रमुख प्रशान्त विटले घाईतेहरुको उपचार नेपालगंज उपमहानगरपालिकाले गरी दिने प्रतिबद्धता जनाएका थिए भने लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले क्षतिपूर्ति प्रदेश सरकारले दिने बताएका थिए ।  

बैठकमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. धवलसम्शेर राणा, प्रदेशसभा सभा सदस्य कृष्णा केसी नमुना, पूर्वमन्त्री मोहम्मद इस्तियाक राइ, नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी उमेशराज जोशी, बाँके स्थित राजनीतिकदलका नेता, धार्मिक संघ संस्थाका अगुवाहरुको उपस्थिती रहेको छ ।

धार्मिक विवाद बढ्दै गएपछि मंगलबार दिउँसो १ बजेबाट नेपालगन्जमा जारी गरिएको कर्फ्यु आदेश कायम रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार