मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बाँकेको जानकीमा दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

बाँके । बाँकेको जानकी गाउँपालिकामा दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता मानपुरस्थित कन्या आधारभूत विद्यालयको खेल मैदानमा आयोजना गरिएको छ । प्रतियोगिताको गाउँपालिका अध्यक्ष छब्बन खाँले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खाँले शिक्षा र खेलकुद विकासको लागि गाउँपालिकाबाट हुने सहयोगमा कुनै पनि कसर नराख्ने बताउनुभयो । प्रतियोगितामा विपेन्थर स्पोर्ट्स क्लब, न्यु राइजिङ स्पोर्ट्स क्लब, जोगागाउँ स्पोर्ट्स क्लब, रम्भापुर स्पोर्ट्स सरस्वती क्लब, मानपुर क्रिकेट क्लब, गुरुवागाउँ स्पोर्ट्स क्लब, रम्भापुर स्पोर्ट्स क्लब, सिंह राइजिङ स्पोर्ट्स क्लब, माउन्ट एभरेष्ट क्लब, बुढिया गाउँ पठान पल्टन क्लब, न्यु शेरे क्लब, मानपुर स्पोर्ट्स राइजिङ क्लब र गौरीनगर स्पोर्ट्स क्लब गरी जम्मा १३ वटा टिम सहभागी रहेको युवा, शिक्षा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारीले जानकारी दिनुभयो । 

प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोस्रो हुनेलाई २० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता उद्घाटन कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामआचल धोवी, पालिकाका विभिन्न शाखाका प्रमुख, कर्मचारी लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार