मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

बाढी पहिरोबाट क्षति बेहोरेको इलामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ: मन्त्री घिसिङ

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
२५ अशोज २०८२, शनिबार

इलाम । ऊर्जा, जलस्रोत तथा सिँचाई एवं भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले सरकारले बाढीपहिरोबाट क्षति बेहोरेको इलामलाई पहिलो प्राथमिकता राखेको बताउनुभएको छ ।

आज इलामको बाढी पहिरोबाट क्षतिग्रस्त क्षेत्रको अवलोकनको लागि इलाम आउनुभएका मन्त्री घिसिङले सूर्योदय नगरपालिका को विपद्को क्षति बुझ्ने क्रममा बाढी पहिरोबाट इलाममा ठूलो सङ्ख्यामा मानवीय र भौतिक क्षति भएको कारणले नै सरकारले इलामलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको प्रष्ट पार्दै सरकारले विस्थापितलाई पुनर्स्थापित गर्न क्षति भएका संरचनाको पुनःनिर्माण प्राथमिकताका साथ गर्ने कार्यलाई तीव्रता दिने बताउनुभयो ।  पालिकाहरू सुरक्षा निकाय विभिन्न संघ संस्थाले यो विपद्को बेला प्रभावकारी काम गरेको र सरकारले थप सहकार्य गरेर विपदमा परेको इलामलाई उठाउन काम गर्ने मन्त्री घिसिङले बताउनुभयो ।

मन्त्री घिसिङले मेची राजमार्गको राजदुवाल क्षेत्रको सडक १ / २ दिन भित्रमा खुलाउने गरि सडक डिभिजन कार्यालय मार्फत काम भइरहेको जानकारी दिनुहुँदै उहाँले बर्षैपिच्छे बिग्रिरहने मेची राजमार्गको यो खण्डको दीर्घकालीन समाधानको लागि सरकारले विशेष अध्ययन गर्ने बताउनुभयो । मन्त्री घिसिङ सहित गृह सचिव रामेश्वर दंगाल , भौतिक सचिव केशब कु शर्मा ,प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग ,लगायतले रोङ गाउँपालिका सूर्योदय नगरपालिका इलाम नगरपालिका–१० राजदुवाली, सन्दकपुर, माईजोगमाई लगायतका प्रभावित बस्तीहरूमा पुगेर स्थानीयवासीसँग क्षतिग्रस्त संरचना, सडक, पुल र राहत व्यवस्थाको स्थिति बुझ्ने जानकारी प्राप्त भएको छ ।

यहाँका पालिका प्रमुख, सरोकारवाला लगायत जिल्लावासी पिडित तथा पत्रकारले चाँडो भन्दा चाँडो विशेष प्रभावकारी काम गरेर पीडितलाई राहत पूर्नस्थापनाको काम गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार