मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

सत्ता गठबन्धनमा बिवाद, माधब नेपाल रुष्ट

यूथ टुडे समाचारदाता 2591+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा उपलब्ध सचिवालय सदस्यहरूसँगको छलफलका क्रममा अध्यक्ष नेपालले सुदूरपश्चिम प्रकरण ओली र प्रचण्डले सहमति पालना नगर्दाको परिणाम भएको बताएका छन् । अध्यक्ष नेपालले आफ्नो पार्टी अहिलेको समीकरण भत्काउनतर्फ नलाग्ने तर हेपिएर र पेलिएर पनि बस्न नसक्ने निष्कर्ष सुनाएका थिए ।

‘प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीले हामीसँग गरेको सम्झौता पालना भएन । केन्द्र र प्रदेश सरकार सञ्चालनमा उहाँहरू एकलौटी ढंगले अघि बढ्न खोजेको देखियो’, अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै उपमहासचिव समेत रहेका जगन्नाथ खतिवडाले भने, ‘यो सरकार ढाल्न इशारा नै काफी छ । तर अहिले नै हामी त्यसतर्फ लाग्दैनौ ।’

अध्यक्ष नेपालले यसअघि ओली र प्रचण्ड दुवैको आग्रहअनुसार आफूहरू सत्ता समीकरणमा जोडिएको बताए । ‘वामपन्थीको नेतृत्वमै रहेको गठबन्धन भएकाले सहभागी हुनुपर्छ भन्ने मान्यताअनुसार हामी सहभागी भएका हौ । तर गठबन्धनमा हामी संलग्न हुनुअघि ओली र प्रचण्डले जे कुरा गर्नुभएको थियो र जे सहमतिहरू भएका थिए । ती सहमति कार्यान्वयन गर्ने र पालना गर्ने कुरामा एकपछि अर्को छोड्दै गए । जसले गर्दा सुदूरपश्चिममा प्रकट हुन पुग्यो’, अध्यक्ष नेपालले भनेका थिए ।

अध्यक्ष नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई नै दिने सहमति भएपनि उक्त सहमति कार्यान्वयन नभएको बताएका थिए ।‘एकपछि अर्को सहमति पालना नगरेको अवस्था आयो’, अध्यक्ष नेपालले भने, ‘सुदूरपश्चिममा जे देखियो त्यो हाम्रो नीति भन्दा पनि त्यहाँका साथीहरूमा देखिएको असन्तुष्टि हो ।’

अध्यक्ष नेपालले आफूहरू सत्ता गठबन्धनमा सहभागी हुँदा मुलुकको भविष्य र कम्युनिस्ट आन्दोलनलाई सहयोग पुग्ने बुझेर सहयात्री बनेपनि विगतको कोर्ष करेक्सनतर्फ प्रचण्ड र ओली नलागेको विश्लेषण सुनाएका थिए । अध्यक्ष नेपालले राष्ट्रियसभा उपाध्यक्ष, उपचुनाव, राष्ट्रियसभा सदस्यमा मनोनीतका साथै मुख्यमन्त्रीका सवालमा समेत कोर्ष करेक्सनतर्फ दुई नेता नलागेको बताएका थिए ।

सोमबारमात्रै एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी लक्षित टिप्पणीले पनि ओली कोर्ष करेक्सनको पक्षमा नरहेको अध्यक्ष नेपालसँगको छलफलमा सहभागी नेताहरूले बताएका थिए । जवाफमा अध्यक्ष नेपालले अहिले आफूहरूलाई भड्काउने र उत्तेजित गरेर फेरि अर्को समीकरण बनाएर फाइदा उठाउनेतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार