मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
१७ अशोज २०८२, शुक्रबार

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । 

शुक्रबार नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गर्नुभई उहाँले उक्त निर्देशन दिनुभएको हो । 

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद्सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवम् विपद् उद्धार सामग्री भण्डारको अवलोकन गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।

निरीक्षणपश्चात् यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोतसाधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवम् न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्नेगरी तयारी अवस्थामा रहन उहाँले निर्देशन पनि दिनुभयो । 

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले धन्यवादज्ञापन गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले विपद् घटना तथा प्रहरी परिचालन, मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना, प्रभावकारी प्रतिकार्यका आवश्यकता र भावी योजनालगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार