काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि सुरु गरेको चाडपर्व लक्षित बजार अनुगमनलाई तिब्रता दिएको छ ।

समितिका सभापति अब्दुल खान नेतृत्वको टोलीले बुधबार धनगढी , बिहिबार महेन्द्रनगरको बजार अनुगमन गरेर शुक्रबार नेपालगञ्ज आउने कार्यक्रम तय भएको सभापति खानको सचिवालयले जनाएको छ ।
अनुगमन समितिले सरोकारवाला निकायहरूसँग संसदीय अनुगमन समितिले शुक्रबार नेपालगञ्जमा छलफल गर्ने र बजारको समेत अनुगमन गर्ने जनाइएको छ ।

चाडपर्व लक्षित मूल्य वृद्धि, कालोबजारी, मिसावट र कृतिम अभाव लगायतका विषयमा अनुगमन गर्न लागेको हो ।
Very good job
सत्य अनुगमन नगरेको र गर्नु पर्ने बिसय मा म खबर दिने छु 9848027087