मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

प्रजिअ रिजाल बिरुद्ध मेयर आचार्यले भ्रामक स्टाटस लेखेको भन्दै शिक्षा बिकास समितीको ध्यानाकर्षण

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

बाँके । शिक्षा विकास तथा समन्वय इकाई, बाँकेले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को परीक्षा केन्द्र निर्धारण सम्बन्धी विभिन्न भ्रामक सूचनाहरू सामाजिक संजालमा फैलिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।

सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा परीक्षा केन्द्र निर्धारण प्रक्रिया पूर्ण रूपमा निर्देशिका अनुसार गरिएको स्पष्ट पारिएको छ। परीक्षा नियन्त्रक कार्यालय, कक्षा-१० नातरिक शाखाबाट प. स. २०८१/०५२ च. न. १४५ मिति २०८१/१०/०७ को पत्रमार्फत निर्देशिका बमोजिम परीक्षा केन्द्र निर्धारण गरिएको जनाइएको छ।

तर, हाल परीक्षा केन्द्र परिवर्तनसम्बन्धी आधारहीन प्रचार गरिएको, विद्यालयहरूको नाम तोकेर गलत सूचना प्रवाह भएको तथा कतिपय व्यक्तिहरूले परीक्षा केन्द्र निर्धारणका लागि सिफारिस गरेको जस्तो गरी भ्रम सिर्जना गर्ने काम भएको जनाइएको छ।

विज्ञप्तिमा यस्ता भ्रामक प्रचारहरू गलत, अप्रमाणित र भ्रामक रहेको उल्लेख गर्दै सो सम्बन्धी जानकारी हटाउन अनुरोध गरिएको छ। साथै, यस्ता गतिविधि दोहोरिएमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

शिक्षा विकास तथा समन्वय इकाई बाँकेले परीक्षा केन्द्र निर्धारणका अन्तिम निर्णय माध्यमिक शिक्षा परीक्षा (SEE) संचालन गर्ने निकायले गर्ने भएकाले झूटो प्रचारमा नफस्न अभिभावक, विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ।

प्रेस विज्ञप्तिमा सामाजिक संजालमा फैलिएका गलत सूचना हटाउन सम्बन्धित पक्षलाई अनुरोध गर्दै परीक्षा केन्द्र निर्धारण प्रक्रिया विधि अनुसार नै सम्पन्न भएको पुनः स्पष्ट पारिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार