मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

प्रजिअ रिजाल बिरुद्ध मेयर आचार्यले भ्रामक स्टाटस लेखेको भन्दै शिक्षा बिकास समितीको ध्यानाकर्षण

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

बाँके । शिक्षा विकास तथा समन्वय इकाई, बाँकेले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को परीक्षा केन्द्र निर्धारण सम्बन्धी विभिन्न भ्रामक सूचनाहरू सामाजिक संजालमा फैलिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।

सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा परीक्षा केन्द्र निर्धारण प्रक्रिया पूर्ण रूपमा निर्देशिका अनुसार गरिएको स्पष्ट पारिएको छ। परीक्षा नियन्त्रक कार्यालय, कक्षा-१० नातरिक शाखाबाट प. स. २०८१/०५२ च. न. १४५ मिति २०८१/१०/०७ को पत्रमार्फत निर्देशिका बमोजिम परीक्षा केन्द्र निर्धारण गरिएको जनाइएको छ।

तर, हाल परीक्षा केन्द्र परिवर्तनसम्बन्धी आधारहीन प्रचार गरिएको, विद्यालयहरूको नाम तोकेर गलत सूचना प्रवाह भएको तथा कतिपय व्यक्तिहरूले परीक्षा केन्द्र निर्धारणका लागि सिफारिस गरेको जस्तो गरी भ्रम सिर्जना गर्ने काम भएको जनाइएको छ।

विज्ञप्तिमा यस्ता भ्रामक प्रचारहरू गलत, अप्रमाणित र भ्रामक रहेको उल्लेख गर्दै सो सम्बन्धी जानकारी हटाउन अनुरोध गरिएको छ। साथै, यस्ता गतिविधि दोहोरिएमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

शिक्षा विकास तथा समन्वय इकाई बाँकेले परीक्षा केन्द्र निर्धारणका अन्तिम निर्णय माध्यमिक शिक्षा परीक्षा (SEE) संचालन गर्ने निकायले गर्ने भएकाले झूटो प्रचारमा नफस्न अभिभावक, विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ।

प्रेस विज्ञप्तिमा सामाजिक संजालमा फैलिएका गलत सूचना हटाउन सम्बन्धित पक्षलाई अनुरोध गर्दै परीक्षा केन्द्र निर्धारण प्रक्रिया विधि अनुसार नै सम्पन्न भएको पुनः स्पष्ट पारिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार