मुख्य समाचार
“स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश | बर्दियाको गुलरिया,मधुवन र बढैयातालमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन | जानकी गाउँपालिकामा तीन दिने विपद् उद्धार तालिम सम्पन्न | विपद्सँग जुध्न जानकी गाउँपालिका सक्रिय : तीन दिने उद्धार टोली क्षमता अभिवृद्धि तालिम सुरु | 'एसईई'मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार | जानकी अध्यक्ष कप क्रिकेटको उपाधि रमवापुरलाई |

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

यूथ टुडे समाचारदाता 3381+ समाचार ( )
५ जेठ २०८३, मङ्गलबार

काठमाडौं । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । यसअघि उनलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । सर्वोच्च प्रशासनले आदेश बदर भएको अनि धरौटी माग गर्ने आदेश भएको जानकारी वेबसाइटमार्फत गराएको छ । यद्यपि लिखित आदेश भने आउन बाँकी छ ।

विशेष अदालतले उनको दावीमा भन्दा मुद्दाका अरु प्रमाणहरु विश्वसनीय देखेर त्यसको विवेचना सहित १६ पुसमा तत्कालका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

पूर्वमन्त्रीहरु राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठमाथि कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई कास्कीमै थमौती गर्न ५३ लाख रुपैंया घुस लिएको आरोप थियो ।

भूमि आयोग कास्कीको अध्यक्षमा खम बहादुर पुनको नियुक्तिका लागि थप २५ लाख रुपैयाँ लेनदेनमा संलग्न भएको आरोपमा एकमुष्ट ७८ लाख रुपैयाँ बिगो मागदाबी अख्तियारले गरेको थियो ।

घुस दिएको आरोपमा सुजन लामामाथि पनि त्यति नै बिगो मागदावी सहित भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार