मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

प्रेस सेन्टरको १९ औं वार्षिक साधारण सभा काठमाडौंको शंखरापुरमा सुरु

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण जारी
१३ जेठ २०८०, शनिबार

काठमाडौं । प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण सभा तथा कृष्णसेन इच्छुक स्मृति दिवस काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको शंखरापुर नगरपालिकामा आइतबारसम्म चल्ने वार्षिक साधारण सभा तथा स्मृति दिवसको प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

साधारण सभा तथा स्मृति दिवसमा प्रेस सेन्टर नेपालका पदाधिकारीसहित केन्द्रीय सदस्य, सात वटै प्रदेश समिति तथा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसियट प्रदेशका अध्यक्ष, ७७ वटै जिल्ला समन्वय समितिका अध्यक्षको सहभागिता रहेको छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै पूर्व सभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महरा, पार्टीका स्थायी समिति सदस्य एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहाल, प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार एवम प्रेस सेन्टर नेपालका सल्लाहकार गोविन्द आचार्यको सहभागिता रहेको छ ।

बिहान साढे ७ बजे प्रभातफेरी गरिएको साधारण सभा एवम स्मृति दिवसको बन्दशत्र शनिबार दिउँसोबाट सुरु हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार