मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

मंसिर ४ मा अग्रगमन र प्रतिगमनबीचको लडाइँ हुन्छ - प्रचण्ड

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका छन् ।
२ कार्तिक २०७९, बुधवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका छन् ।

बुधबार प्रेस सेन्टर नेपाल, ललितपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अरूबेला हुनेजस्तो सामान्य चुनाव नभएको पनि बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँका रुपमा लिनुपर्छ ।’

उनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ मंसिर ४ को चुनाव भएको पनि बताए । उनले भने, ‘परिवर्तन रक्षा गर्न चाहने र उल्टाउन चाहनेबीच आमनेसामने हुने दिन मंसिर ४ हो, चुनाव हो । यो चुनावलाई कसले जित्छन्, कसले हार्छन् भनेर छुट पाउने अवस्था छैन । आफ्नो ठाउँबाट अधिकतम जनमत निर्माण गर्नुपर्छ ।’

केही शक्तिहरू माओवादी एजेन्डा, आन्दोलन र नेतृत्वबारे घेराबन्दीमा लागेको बताउँदै उनले भने, उनले भने, ‘मामी माओवादी बलियो हुँदा परिवर्तन रक्षा हुन्छ । कमजोर भए सबै चिज उल्टने खतरा छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार