मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

नेपालगंज ४ मा पाँच दिने आचार बनाउने तालिम सुरु

महमूद आलम खान 1131+ समाचार ( )
वडा नम्बर ४ को लक्षित वर्ग कार्यक्रम अन्तर्गत पाँच दिने आचार बनाउने तालिमको कार्यपालिका सदस्य एंव वडा सदस्य इन्दीरा शाहीले उद्घाटन गर्नु भयो ।
७ माघ २०७८, शुक्रबार

बाँके ।  बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ स्थित कन्या माबिमा पाँच दिने आचार बनाउने तालिम सुरु भएको छ ।

वडा नम्बर ४ को लक्षित वर्ग कार्यक्रम अन्तर्गत पाँच दिने आचार बनाउने तालिमको कार्यपालिका सदस्य एंव वडा सदस्य इन्दीरा शाहीले उद्घाटन गर्नु भयो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य इन्दीरा शाहीले वडाका महिला दिदिबहिनीहरुलाई आयआर्जनमा टेवा पुराउने उद्देश्यले आचार बनाउने तालिमको आयोजना गरिएको बताउनु भयो ।

महिला दिदीबहिनीको आर्थिक अवस्थालाई सुधार्ने उद्देश्यका साथ वडाको आर्थिक सहयोगमा त्रिनेत्र समृद्ध नेपालले आयोजना गरेको यो तालिम पश्चात तपाईहरुले उत्पादन गर्ने अर्गानिक आचारलाई देश तथा विदेशमा निर्यात गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएकोमा खुशी हुँदै कार्यक्रमले दिदीबहिनीहरुको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सकोस भन्दै सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको थियोे ।

यस्तै वडा सदस्य मेनका बैद्यले महिललाई ब्यवसायिक तथा आत्मनिर्भर बनाउनका निम्ति तालिम आयोजना गरिएको बताउनु भएको थियो । समृद्ध नेपाल कि अध्यक्ष सुशिला पौडेलको अध्यक्षतामा सुरु भएको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य इन्दीरा शाही, अतिथिहरुमा मेनका बैद्य, वडा सचिव राज कुमार कार्की लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार