मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

डोटीको सिलगढीमा क्षमता अभिबृद्धी तालिम शुरु

महमूद आलम खान 1133+ समाचार ( )
बालबलिका तथा युवाहरुका लागि तिन दिने क्षमता अभिबृद्धी तालिम डोटीको सिलगडीमा शुरु भएको छ ।
१ पौष २०७८, बिहीबार

डोटी । बालबलिका तथा युवाहरुका लागि तिन दिने क्षमता अभिबृद्धी तालिम डोटीको सिलगडीमा शुरु भएको छ । 

युनिसेफ नेपालको सहयोग, दिपालय शिलगढी नगरपालिकाको सहकार्य र बास नेपालको आयोजनामा बाल संरक्षण कार्यक्रम अन्तरगत बाल संरक्षण, लैंगिक हिंसा न्यूनीकरण र योजना तर्जुमा प्रक्रिया बिषयक तालिम आज देखि शुरु भएको हो । 

तालिमको उद्घाटन सत्रमा बोल्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले तालिमले बालवालिका तथा युवाहरुको क्षमता अभिबृद्धी हुने विश्वास ब्यक्त गरे । उनले बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणका लालि बालवालिका र युवाहरुको भुमिका महत्वपूर्ण हुने भन्दै तालिम सफलताको शुभकामना ब्यक्त गरे । यसैगरी उद्घाटन सत्रमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चक्र माझी, महिला तथा बालबालिका शाखाका सानुमायाँ लिंम्बु, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबिन्द्र चन्द, पत्रकार रामहरी ओझा लगाएतको उपस्थिती रहेको थियो ।  

बाल संरक्षण कार्यक्रम अन्तरगत सञ्चालीत तिन दिने तालिमको पहिलो दिन बाल संरक्षणका विभिन्न बिषयमा प्रशिक्षक रामहरी ओझाले सहजिकरण गरेका थिए । तालिममा बाल क्लबका पदाधिकारीहरु र युवाहरु गरि ३१ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार