मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

कान्ति आरोग्य अस्पतालमा पेटको क्यान्सरको सफलतापूर्वक शल्यक्रिया

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

बाँके । नेपालगन्जस्थित कान्ति आरोग्य अस्पतालमा पहिलोपटक पेटको क्यान्सरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। बर्दिया मधुवन नगरपालिका–६ बुद्धनगर निवासी ७८ वर्षीय थिरलाल शर्माको शल्यक्रिया ग्यास्ट्रिक तथा हेपाटोबिलियरी सर्जन डा. कृष्ण मोहन अधिकारीको नेतृत्वमा गरिएको हो।

डा. अधिकारीका अनुसार सरकारी भेरी अस्पतालबाहेक नेपालगन्जका अन्य निजी अस्पतालमा पेटको क्यान्सरको सफल शल्यक्रिया गरिएको यो पहिलो घटना हो।

आमाशयमा अनियन्त्रित रूपमा कोष बढ्दा विकास हुने पेटको क्यान्सरले थिरलाल शर्मालाई विगत पुष महिनादेखि रक्तअल्पता, खाना खान मन नलाग्ने, चक्कर लाग्ने र कालो दिसा आउनेजस्ता समस्या देखापरेका थिए।

इन्डोस्कोपी र बायोप्सी परीक्षणपछि पेटको क्यान्सरको पुष्टि भएको र वैशाख ६ गते कान्ति आरोग्य अस्पतालमा तीन पिन्ट रगत चढाएर करिब चार घण्टा लगाएर क्यान्सरपीडित शर्माकाे सफल शल्यक्रिया गरिएको डा. अधिकारीले जानकारी दिनुभयो। शल्यक्रिया डा. अधिकारीसहित ग्याष्ट्रो सर्जन डा. प्रदीप थापा र एमएस जनरल सर्जन डा. सन्तोष श्रीपाइलीको टोलीले गरेको थियो।

शल्यक्रियापछि थिरलाल शर्माको स्वास्थ्य अवस्था सामान्य रहेको र आज उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालकी सञ्चालक तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. रोमा बोहोराले बताउनुभयो।

डा.बोहोराका अनुसार कान्ति आरोग्य अस्पतालमा पेटसम्बन्धी यस्ता जटिल शल्यक्रियासँगै दूरबिन प्रविधिबाट हर्निया, पित्तथैली, एपेन्डिक्स, हाइड्रोसिल र पाठेघर शल्यक्रिया हुँदै आएको छ। साथै, अस्पतालले पाइल्स, फिस्टुला तथा शरीरका विभिन्न भागका गाँठागुठीको चेकजाँच र शल्यक्रिया सेवा पनि प्रदान गर्दै आएको छ।

कान्ति आरोग्य अस्पतालले २४ सै घण्टा इमरजेन्सी, ल्याब, र फार्मेसी सेवा समेत उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार