मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

जनयुद्धमा जनअदालतको न्यायाधीश भएर कमाण्ड सम्हालेका खाँ काग्रेसमा प्रवेश

महमूद आलम खान 1133+ समाचार ( )
डुडुवामा कांग्रेसको पक्षमा देखियो जनलहर, २ सय ५० बढी कांग्रेसमा प्रवेश
२७ वैशाख २०७९, मङ्गलबार

बाँके ।डुडुवामा मंगलबार आयोजित सभामा २ सय ५० भन्दा बढी कांगे्रसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसप्रति जनलहर बढेको र नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरी र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानोसँग मात्र गाउँपालिका हाँक्न सक्ने क्षमता भएकाले कांग्रेसमा प्रवेश गरेको उनीहरुले बताएका छन् । जनता समाजवादी पार्टी(जसपा), नेकपा माओबादी केन्द्र, नेकपा एमाले र राप्रपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् । 

कांग्रेसमा प्रवेश हुनेमा विभिन्न पार्टीका प्रभावशाली नेताहरु मध्ये दश वर्षीय जनयुद्धमा जन अदालतको बाँके बर्दियाको न्यायाधीशको कमाण्ड सम्हालेका मोहम्मद साबिर खाँ पछिल्लो केहि बर्ष देखि नेकपा एमालेमा रहेर राजनिति गर्दै आएका थिए तर एमालेको एक्कलवादी सोचे देखेर पार्टी परित्याग गरि काँग्रेस प्रवेश गरेको दाबी गरे । यस्तै काग्रेस प्रवेश गर्नेहरुमा  शिवचरण सिख, अजित सिंह सरदार, छबिलाल भण्डारी, आराधना राना, मोतिसरा थापा, सावितराम यादव, विजय विक्रम सिंह, शंकर दयाल यादव, राजेन्द्र सिंह सिख लगायत रहेका छन् । उनीहरुले जसपा, एमाले, माओबादी र राप्रपामा आफ्नो कुनै भविष्य नरहेको प्रतिक्रिया समेत दिएका छन् । 

नवप्रवेशीलाई गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरी, उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानो, कांग्रेस बाँकेका सहसचिव रेणुसिंह ठाकुर, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायतले स्वागत टिका र खादा ओढाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार