मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
८ वैशाख २०८३, मङ्गलबार

पाकिस्तान । पाकिस्तानले अमेरिका र इरानबिचको दोस्रो चरणको वार्ताका लागि भन्दै इस्लामाबादको सुरक्षा व्यवस्था कडा बनाएको छ।

इरानले अमेरिका अमेरिकासँग वार्ताका लागि पाकिस्तान जान तयारी गरिरहेको न्युयोर्क टाइम्सले जनाएको छ। टाइम्सले दुई इरानी अधिकारीलाई उद्धृत गर्दै वार्ता इरानी प्रतिनिधिमण्डल आज इस्लामाबाद पुग्न सक्ने जनाएको छ। तर वार्ताभन्दा अघि इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिकी उपराष्ट्रपति जेडी भान्स सहितको प्रतिनिधिमण्डल उपस्थित भएमात्र आफ्नो प्रतिनिधिमण्डलको उपस्थिति रहने बताए। भान्सले मंगलबार वासिङटनबाट पाकिस्तान जान सक्ने बताइएको छ।

त्यसैले इरानी प्रतिनिधिमण्डलको सहभागिता पनि उनको भ्रमणमा निर्भर रहने अनुमान गरिएको छ। तर इस्लामाबादले अमेरिकी अधिकारीहरू मंगलबार पाकिस्तान आउन सक्ने बताएका छन्। जहाँ वार्ताको दोस्रो चरण हुन सक्छ। यसअघि इरानको विदेश मन्त्रालयले भने वार्ताको कुनै योजना नभएको बताएको थियो।

वार्ताअघि इस्लामाबादको होटल खाली

अमेरिका र इरानबीच हुने सम्भावित वार्ताअघि इस्लामाबादस्थित सेरेना होटल पूर्ण रूपमा खाली गराइएको छ। यस महिनाको सुरुवातमा भएको पहिलो चरणको वार्ता पनि यही होटलमा भएको थियो। पाकिस्तानी अधिकारीहरूका अनुसार विदेशी प्रतिनिधिमण्डलको सुरक्षा सुनिश्चित गर्न यस्तो कदम चालिएको हो। गृह मन्त्री मोहसिन नकवी ले प्रतिनिधिमण्डलका लागि कडा सुरक्षा व्यवस्था गरिएको बताएका छन्। रिपोर्टअनुसार इस्लामाबादमा हजारौँ अतिरिक्त सुरक्षाकर्मी खटाइएको छ।

ट्रम्पले भने ‘समय लम्ब्याउन सकिन्न’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम बुधबार साँझ ८ बजेसम्म (अमेरिकी समय) मात्र रहने जनाएका छन्। त्यसअघि सहमति नभए यसलाई थप लम्ब्याउने सम्भावना नरहेको बताए।

साथै उनले ‘स्ट्रेट अफ होर्मुज’ पनि बार्ता पूर्ण रुपमा सफल नभएसम्म नखुलाउने अडान राख्दै आएका छन्। सोमबार होर्मुज स्ट्रेट बाट जम्मा १६ वटा जहाज मात्र गुज्रिएका थिए। मरीन ट्राफिक तथ्यांकअनुसार ९ जहाज प्रवेश गरेका थिए (जसमध्ये २ इरानी), र ७ जहाज बाहिरिएका थिए (जसमध्ये १ इरानी कार्गो जहाज थियो)।

यसअघि अमेरिकाले होर्मुज स्ट्रेट हुँदै जान खोजिरहेको ‘टुस्का’ नामको इरानी जहाज नियन्त्रणमा लिएको थियो। यो जहाज चीनबाट फर्किँदै थियो। यस घटनाप्रति इरानले आपत्ति जनाउँदै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार