मुख्य समाचार
भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड | खजुरामा मनाईयो राष्ट्रिय धान दिवस | सरकार किसानका समस्या समाधानमा गम्भीर छैन : प्रचण्ड |

नीलो प्रेममाथि कोहलपुरमा संवाद

यूथ टुडे समाचारदाता 3462+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

नेपालगन्ज । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा चर्चित उपन्यास नीलो प्रेममाथि किताब संवाद गरिएको छ । 

पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजालले क्याम्पसमा अध्ययनरत विद्यार्थी र यस क्षेत्रका स्रष्टासँग नीलो प्रेमका अन्तर्य प्रस्तुत गर्ने र लेखकसँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

युवा वर्गको मनोविज्ञानलाई विषयका रूपमा समाएर लेखिएको पुस्तकमा प्रेमका अनेक आयामलाई ध्वनि सौन्दर्यका रूपमा प्रस्तुति दिने आफ्नो प्रयास सार्थक बनेको भन्दै लेखक पुरुषोत्तम बजगाईँले सहभागीले राखेका जिज्ञासा मेटाउने प्रयास गर्नुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख दानबहादुर हमालले प्रेमका अनेक रङ र आयाम हुने सन्दर्भ उपन्यासबाट बुझिने बताउनुभयो । उहाँले वागेश्वरी बहुमुखी क्याम्पसका विद्यार्थीको रचनात्मक क्षमता वृद्धि गर्न सधैँ प्रयासरत रहेको भन्दै नीलो प्रेमका लेखकसँगको साक्षात्कार कार्यक्रमले हौसला बढाएको बताउनुभयो ।

कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, पूर्णिमाका सल्लाहकार सागर गैरे लगायतले शुभकामना मन्तव्य राख्नुभयो । 

कार्यक्रममा प्रकाशक बी.एन. पुस्तकका प्रबन्धक विष्णु पौडेलसहित कोहलपुर र नेपालगन्ज आसपासका करिब पाँच सय जनाको सहभागिता थियो । संस्थाका उपाध्यक्ष डा. खोपीराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजालले गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार