मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

बाँकेमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

नेपालगञ्ज । बाँकेमा आजदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि बाँकेका तीन पालिका र एउटा पालिकाको एक वडामा हात्तीपाइले रोगको प्रिभेलेन्स (ब्यापकता) देखिएपछि १४औं पटक औषधि खुवाउन सुरु गरिएको हो । 

औषधि सेवन कार्यक्रमको जिल्ला समन्वय समिति संयोजक ज्ञानेन्द्र कुमार चौधरीले उद्घाटन गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कमा नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको औषधि सेवन कार्यक्रमको चौधरीले शुभारम्भ गरेका हुन् । उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदु चन्द्र घिमिरे, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द लगायतको उपस्थिति थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अतिथिहरुले औषधि खाएर कार्यक्रमको सुरुवात गरेका थिए । त्यस क्रममा हात्तीपाइले रोग निवारणका लागि अनिवार्यरुपमा औषधि सेवन गर्न आम नगरबासीलाई आह्वान गरिएको छ । 

यस्तै डुडुवा र नरैनापुरमा फागुन ७ गतेदेखि आम औषधि सेवन कार्यक्रम सुरु हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीले बताए । एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको छ । बाँकेमा २ लाख ५७ हजार बढीलाई औषधि खुवाइँदैछ । नेपालगन्जमा १ लाख ६४ हजार ९६ जना, डुडुवामा ४२ हजार १ सय ७४ जना र नरैनापुरमा ४२ हजार ३ सय ६९ जना तथा बैजनाथको ४ नम्बर वडामा ८ हजार ९ सय ६२ जना गरी जम्मा २ लाख ५७ हजार ६ सय १ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत दुर्गा गौतमले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १.८ देखि २.५ प्रतिशतसम्म प्रिभेलेज (ब्यापकता) देखिएको छ । सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भए पनि बाँकेका कारण समस्या सिर्जना भएको छ । सन् २००३ देखि सुरु भएको आम औषधि सेवन अभियानबाट सन् २०२० मै लक्ष्य हासिल गर्ने उद्देश्य राखिए पनि सम्भव नभएपछि लक्ष्य लम्बिएको हो ।  

बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि नै खाएका छैनन् । नेपालगञ्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुगेकै छैन । औषधि सेवन दर ८० प्रतिशत नपुग्दासम्म त्यसको प्रभाव नरहने चिकित्सकहरु बताउँछन् । 

सर्वेक्षण अनुसार नेपालगञ्जमा ३३.२८ प्रतिशत मानिसले औषधिको साइड इफेक्ट हुने डरका कारण तथा ३२.५३ प्रतिशत मानिसले जनचेतनाको कमीका कारण औषधि सेवन गरेका छैनन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार