मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

प्रहरी कारबाहीमा ज्यान गएपछि सप्तरीमा प्रदर्शन

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

सप्तरी । मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको विरोधमा स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् ।

राजगढ गाउँपालिका– २ कमलपुरका ३६ वर्षीय लालु यादवको मङ्गलबार राति प्रहरीको गोलीबाट मृत्यु भएपछि उनका आफन्त र स्थानीय जिल्ला प्रहरी कार्यालय सप्तरीको गेटमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् ।

भारतीय सीमा नजिक रहेको उक्त गाउँपालिकामा ठुलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबिच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

सोही क्रममा तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता मृतक यादवलाई प्रहरीले बोलाएर नियन्त्रणमा लिई गोली हानेर खेतमा फालेको राजगढ १ का दीपेन्द्र यादवले आरोप लगाउनुभयो ।

“प्रहरीले पहिला मृतक लालुलाई बोलायो अनि घर सर्च गर्ने बेला सामान्य विवाद हुँदा प्रहरीले नियन्त्रणमा लिएर गोली हानेको छ, दोहाेरो झडप भएको छैन,’’ यादवको आरोप छ ।

यस्तै, प्रदर्शनमा सहभागी मृतकका ज्वाइँ ई संजीवनारायण यादवले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मृतक यादव लाइसेन्स लिएर व्यापार गर्दै आएकोमा निहत्थालाई नियन्त्रणमा लिएर प्रहरीले गोली हानेको आरोप लगाए ।

भारतको सीमा नजिक पर्ने राजगढ गाउँपालिका–२ स्थितबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार