मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नेकपा एमाले अध्यक्ष केपी ओलीले जनतालाई ठगेको प्रचण्डको आरोप

महमूद आलम खान 1133+ समाचार ( )
चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सुकुम्बासीहरुलाई भूमि दिन्छु भन्दै केपी ओलीले भ्रम छरेको तर काम केहि नभएकोे आरोप लागए ।
६ मंगशिर २०७८, सोमबार

चितवन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी ओलीले जनतालाई ठगेको आरोप लगाएका छन् ।

सोमबार चितवनको रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सुकुम्बासीहरुलाई भूमि दिन्छु भन्दै केपी ओलीले भ्रम छरेको तर काम केहि नभएकोे आरोप लागए ।

सुकुम्बासी समस्या समाधान आयोगलाई आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाएकाले आयोग खारेज गरेर राष्ट्रिय भूमि आयोग गठन गरिएकोे पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारे । ओलीले जनतालाई सहजै ठग्न सक्ने भन्दै प्रचण्डले ओली नेपालकै सफल ठग भएको टिप्पणी गरे ।

अध्यक्ष प्रचण्डले नेपाल माओवादी केन्द्रकै राजनीतिमा रहेको बताएका छन् । प्रधानमन्त्री र राष्ट्रपति जो भएपनि देशमा माओवादी केन्द्रकै वरिपरि रहेको बताए ।

उनले देशमाभएको परिवर्तनको बाहक माओवादी भएको भन्दै प्रतिक्रान्तिको सपना कसैले देखे विद्रोह गर्ने चेतावनी दिएका छन् ।

यसैगरी ओलीको कारण चितवनका विभिन्न विकास योजनाको काम रोकिएको पनि प्रचण्डको आरोप छ । चितवनमा केहि भए प्रचण्ड बलियो हुने भएकाले माडीको विकास, सभा गृह , शक्ति खोरको औद्योगिक क्षेत्रलगायतको काममा ढिला सुस्ती भएको उनले बताए ।

ओलीले प्रचण्डलाई सिध्याउनकै लागि एमालेको महाधिवेशन चितवनमा गर्न लागेको प्रचण्डको दावी छ । ओलीले अत्याचार गरेकाले एमाले केन्द्र र प्रदेशबाट बढारिएको पनि अध्यक्ष प्रचण्डले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार