मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

प्रधानमन्त्री ओलीबाट कर्णाली प्रतिष्ठानका ५८ जना विद्यार्थी दीक्षित

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
२८ कार्तिक २०८१, बुधवार

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी प्रधानमन्त्री केपी शर्मा ओलीबाट दीक्षित भएका छन् । स्थापनाको डेढ दशकपछि आयोजना भएको प्रथम दीक्षान्त समारोहबाट प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीबाट ५८ जना विद्यार्थी दीक्षित भएका हुन् ।

जसमा  स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित भएको प्रतिष्ठानका रेक्टर डाक्टर डबल धामीले बताउनुभयो । 

उहाँका अनुसार पाँच जना विद्यार्थीलेले संवरण पदक पाएका छन् ।  कुलपति स्वर्ण पदक (बीएमएस, बिपिएच) कार्यक्रम अन्तर्गत समष्टिमा उच्चतम अङ्क ल्याउने विद्यार्थीलाई प्रदान संवरण पदक वितरण गरिएको हो ।

जसमा  रेणु कुमारी सिंह, बि.एम.एस। २०१९, सिर्जना न्यौपाने, बि।एम।एस। २०२०, दिपेन्द्र जोशी, बि।पी।एच। २०१९,सुशील शाही, बि।पी।एच। २०२० ब्याच र  बेद कुमार चौधरी, एम.डी.रएम.एस. २०२१ ब्याचले संवरण पदक पाएका हुन् ।

संवरण पदक पाउने ५ जना सँगै स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी  दीक्षित भएको प्रतिष्ठानका रेक्टर डबल धामीले जानकारी दिनुभयो ।

दीक्षित भएका सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिज्ञा समेत गराएका छन् । दीक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री,स्वास्थ्यमन्त्री,प्रतिष्ठानका कुलपतिले शुभकामना दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार