मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

शिवपुरीमा हेलिकप्टर दुर्घटनामा सवार पाइलटसहित पाँचै जनाको मृत्यु

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

काठमाडौँ । नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त बनेको हो । 

हेलिकप्टर दुर्घटनासँगै आगलागी भएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले रातोपाटीलाई जानकारी दिए । ‘दुर्घटनाग्रस्त क्षेत्रमा कुहिरो लागेको छ । जहाज सूर्यचौर नपुग्दैको जंगलमा दुर्घटनाग्रस्त छ’, उनले भने, ‘घटनास्थलबाट ५ जनाको शव खोचजस्तो स्थानमा भेटेर माथि ल्याइएको छ ।’

उनले प्रतिकुल मौसमकै कारण जहाज दुर्घटना भएको हुन सक्ने आँकल गरे । ‘कतिपयले जहाजमा पहाडमा ठोक्किएको भनेका छन् । तर भौगोलिक अवस्था हेर्दा त्यस्तो होइन ।  कुहिरोका कारण जहाज तलबाट आएर दुर्घटना भएको हुनसक्छ’, उनले भने । 

दुर्घटनालगत्तै नजिकै रहेको शिवपुरी ब्यारेकबाट नेपाली सेनाका साथै स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली उद्धारका लागि पुगेको थियो । 

एयर डाईनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उक्त हेलिकप्टर उडेको जानकारी दिएको छ । 

हेलिकप्टरमा  क्याप्टेनबाहेक ४ जना यात्रु (चिनियाँ नागरिक) रहेको जानकारी दिँदै प्राधिकरणले भनेको छ, ‘सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ।’ हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

हेलिकप्टरमा सवार अन्य चार जना चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।उनीहरु सबैको मृत्यु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार