मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

प्रेस सेन्टर नेपालको स्थापना दिवस : असल छिमेकीद्वारा पत्रकारको निशुल्क स्वास्थ्य परीक्षण

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
१५ माघ २०८१, मङ्गलबार

बाँके । प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसको अवसरमा आयोजित स्वास्थ्य शिविरमा ५० जना पत्रकारले स्वास्थ्य जाँच गराएका छन् ।

नेपालगन्जस्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोगमा भएको उक्त शिविरमा पत्रकारहरुले स्वास्थ्य परिक्षण गराएको असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रकाश बसेलले बताउनुभयो । 

समाज रुपान्तरणको क्षेत्रमा कलम चलाउने पत्रकारहरुको स्वास्थ्यमाथि ध्यान दिँदै मंगलबार नि:शुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

डा. बसेलले डाक्टरले बिरामी जाँच्ने र पत्रकारले सचेतनता फैलाउने हुँदा पत्रकारहरु पनि स्वस्थ हुनुुपर्छ भन्ने उद्देश्य रहेको बताउनु भयो । उहाँले ‘ पत्रकार र चिकित्सकको उद्देश्य लगभग उस्तै हुन्छ,’ बसेलले भन्नुभयो,‘समाजमा सूचना प्रवाह गर्ने पत्रकारहरु पनि स्वस्थ हुनुपर्छ भन्ने ठानेर नै पत्रकारहरुको स्वास्थ्य जाँच गरिएको हो ।’

असल छिमेकीले विगत केही वर्ष यता गाउँ बस्तीमा पुगेर नि:शुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

स्वास्थ्य परीक्षणसँगै डा. बसेलले नाक, कान र घाँटीको कारक तत्व र बच्ने उपायका बारेमा पत्रकारहरुलाई अभिमुुखीकरण समेत गर्नु भएको थियो ।

सो शिविरमा स्वास्थ्य केन्द्रका कर्मचारी रितु पाण्डे, सबिना चौधरी, ललितराम थारु, सरिता महर्जन राजेन्द्र बर्मा, पार्वति पौडेल , रोहन चौधरीष रुबेन चौधरी लगायत प्रेस युनियनको अध्यक्ष प्रिय स्मृति ढकाल, प्रेस चौतारीका बाँकेका अध्यक्ष कमल डाँगी,प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष चन्द बोहरा, सचिव पुष्पराज हमाल, प्रदेश उपाध्यक्ष प्रदिप बाग्ले लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार