मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति नदिन बालेनलाई प्रशासनको आग्रह

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१८ भाद्र २०८०, सोमबार

काठमाडौँ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा अभिव्यक्ति नदिन आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले विज्ञप्ति जारी गर्दै आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न बसेका राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनामा बाधा र अवरोध नपुर्‍याउन आग्रह गरेका हुन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले श्रीमति चढेको गाडी कोटेश्वरमा ट्राफिकले चेकिङ गरेपछि सिंहदरबारमा आगो लगाउने अभिव्यक्ति दिएका थिए।

उनले सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न र नगराउन सम्बन्धित सबैमा अनुरोधसमेत गरेका छन्।

लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन् भन्ने कुरा स्थापित गरेको व्यहोरा स्मरण गराउँदै सहायक प्रजिअ श्रेष्ठले प्रचलित कानुनको बर्खिलाप हुने जुनसुकै गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

विधिको शासन प्रत्याभूत गर्न अहोरात्र क्रियाशील निकाय तथा सम्बद्ध राष्ट्रसेवकलाई साथ, सहयोग र हौसला प्रदान गर्न आमनागरिक समक्ष आग्रह गरेका छन्।

सरकारी स्रोतसाधनको दुरुपयोग हुन नदिन सार्वजनिक विदाका दिनमा सरकारी सवारीसाधन सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयमार्फत विगतदेखि नै हुँदै आएको स्मरण गराउँदै सहायक प्रजिअ श्रेष्ठले यस सन्दर्भमा गृह मन्त्रालयले विभिन्न मितिमा अनुगमन, नियमन र नियन्त्रणका लागि परिपत्रसमेत गर्ने गरेको दाबी गरे।

सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको जनाउँदै काठमाडौँ जिल्ला प्रशासनले यसबाट निजी काममा सरकारी सवारी साधनको प्रयोगमा कमी आई मितव्ययिता गर्न मद्दत पुगेको जिकिर गरेको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको छ र भविष्यमा समेत दृढतापूर्वक यो नीति कार्यान्वयन गरिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार