मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपालगन्जमा सुरक्षा व्यवस्था कडा पर्ने प्रहरी निरिक्षक बमको प्रतिबद्धता

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

बाँके । नेपालगन्ज उपमहानगर–पालिकाको वडा प्रहरी कार्यालयमा भर्खरै कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी निरीक्षक अरुण बमले शान्ति सुरक्षा कायम गर्न निरन्तर रुपमा आफुले नगरवासीका लागि खटिने बताउनु भएको छ ।

वडा प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेको छैठौं दिन आइतवार नेपालगन्जमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै उहाँले नगरवासीका लागि शान्ति सुरक्षा कायम गर्नु मेरो पहिलो प्राथमिकता हो प्रमुख बमले भन्नुभयो । लागु औषध नियन्त्रण, जुवातास नियन्त्रणलाई कडाइका साथ गरिने उहाँको पत्रकार समक्ष जानकारी गराउनुभयो । नगरवासीको सल्लाह बमोजिम नगरको शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउने उहाँले प्रतिवद्धता जनाउनुभयो । घरेलु हिंसा न्यूनिकरणमा पनि आफ्नो भूमिकालाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो । नगरको सामाजिक सद्भाव कायम गर्ने सवालमा आफुले हरसम्भव प्रयास गरिने उहाँले जानकारी गराउदै भन्नुभयो यसमा पत्रकार र जनप्रतिनिधीहरुको पनि साथ सहयोग अपरिहार्य रहेको बताउनु भयो ।

खासगरी नेपालगन्जको अति व्यवस्त त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म प्रहरीले सुरक्षा व्यवस्थामा जोड दिने उहाँले बताउनुभयो । आफ्नो मातहतमा रहेका प्रहरी पोष्टलाई नेपालगन्जवासीले पाउने शान्ति सुरक्षा अमनचयनका साथ पुरा गर्ने उहाँले जानकारी गराउनुभयो । बमको नेतृत्वमा नगरको शान्ति सुरक्षा मजवुत र व्यवस्थित बनाउने गरि आफु फिल्डमा खटिने बताउनुभयो । नगरका जुनसुकै स्थानमा केही घटना वा सहयोग परेको खण्डमा प्रहरी चौविसै घण्टा तत्पर रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार