मुख्य समाचार
नेपालगञ्जले खोजेको नेतृत्व : किन मेयरका लागि उपयुक्त देखिन्छन् मोहम्मद सफिक बेहना ? | कार्यपालिका सदस्य श्रीवास्तवको निधनप्रति नरैनापुर गाउँपालिकाद्वारा शोक व्यक्त, सोमबार शोक बिदा | बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ |

राप्रपाको कार्यसम्पादन सुरु, मिश्र र राणालाई कारवाही गरिदै

यूथ टुडे समाचारदाता 3466+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

राप्रपा मुख्यालयमा जारी बैठकमा शुक्रबारको राजावादी आन्दोलनमा भएको हिंसात्मक घटना र त्यसमा पार्टीका कतिपय नेता जोडिएको विषयमा छलफल केन्द्रित रहेको राप्रपाका एक नेताले बताए ।

राजावादी प्रदर्शनका नाममा तीनकुनेमा हत्या, तोडफोड र आक्रमण हुँदा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा भीडलाई उक्साउन संलग्न भएको विषय यति बेला आम बहसमा छ ।

त्यसैले राप्रपाले शुक्रबारको हिंसात्मक गतिविधिमा आफ्ना वरिष्ठ नेताहरूको संलग्नता र उत्पन्न परिणामबारे समीक्षा गर्न लागेको हो । मिश्र र राणालाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गरिसकेको छ । राप्रपा वरिष्ठ नेताहरू पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले शनिबार बिहान थुनामा रहेका मिश्र र राणालाई भेटेका थिए ।

राप्रपा नेताहरूले आफूहरु संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि हुने आन्दोलनहरूमा नेतृत्व र ऐक्यबद्धता जनाउने गरे पनि हिंसात्मक गतिविधि अस्वीकार्य रहेको बताएका छन् ।

तर, भिडलाई उक्साउन राप्रपा वरिष्ठ उपाध्यक्ष तथा आन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले कुनै पनि आन्दोलन नेतृत्वमा नहुने भन्दै जनतालाई स्वतःस्फुर्त विद्रोहमा आउन अपिल गरेका थिए ।

पूर्वराजासँग समझदारी समयमै नगरे बंगलादेश, सिरिया र श्रीलंकाको नतिजा भोग्नसमेत राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले धम्की दिएका थिए । शुक्रबार प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि महामन्त्री राणाले पनि उत्तेजित भिडलाई अघि बढ्न पटकपटक उक्साएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार