नेपालगन्ज । खजुरा गाउँपालिकाले समुदायमै विपद् व्यवस्थापन क्षमताको सुदृढीकरण गर्ने उद्देश्यका साथ स्थानीय युवा स्वयंसेवकहरूलाई विपद् पूर्वतयारी तथा कृतिम अभ्यास तालिम प्रदान गरेको छ । गाउँपालिकामा वर्षेनी आउने बाढी, डुवान तथा अन्य प्राकृतिक विपद्हरूको जोखिम न्यूनिकरण गर्न तथा आपत्कालीन अवस्था आइपर्दा स्थानीय स्तरमै उद्धार र राहत कार्यमा प्रभावकारी रूपमा जुट्न सक्ने जनशक्ति उत्पादन गर्न तालिम प्रदान गरिएको हो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकका अनुसार, विपद् व्यवस्थापनको योजना अन्तर्गत समुदायमै आधारित प्रतिकार्य प्रणाली विकास गर्न तालिम आयोजना गरिएको हो । प्राकृतिक विपद् आउनु स्वाभाविक हो, तर त्यसको सामना गर्न पूर्वतयारी हुनु अत्यन्त आवश्यक छ । स्थानीय युवा स्वयंसेवकहरू विपद् व्यवस्थापनको पहिलो पंक्तिका योद्धा हुन् अध्यक्ष विकले बताए । पाँच दिने तालिममा खजुरा गाउँपालिकाका विभिन्न वडाबाट सहभागी भएका ४० जना युवाहरूलाई विपद् व्यवस्थापन, उद्धार, प्राथमिक उपचार, राहत वितरण, जनचेतना र समन्वय सम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो ।
तालिममा सहभागीहरूले कृतिम अभ्यास मार्फत बाढी जस्ता विपदमा कसरी उद्धार र राहत कार्य सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण लिएका थिए । तालिमको समन्वय गाउँपालिकाको विपद् व्यवस्थापन शाखाले गरेको थियो । शाखा प्रमुख लोकराज संज्यालले विपद्को बेला बाहिरबाट सहयोग आउन ढिलो हुन सक्छ, तर स्थानिय स्तरमै तालिमप्राप्त जनशक्ति भए समयमै प्रभावकारी उद्धार सम्भव हुने उल्लेख गरे ।
खजुरा गाउँपालिकाले आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिन दीर्घकालीन योजना बनाउन आवश्यक रहेको तालिममा सहभागिहरुले जोड दिए । विपद पुर्व तयारी तथा कृतिम अभ्यास तालिममा मिनीपार्क स्थित रहेको पौडी पोखरीको प्रयोग गरिएको थियो । पौडी पोखरीमा तालिममा सहभागिहरुले सक्रियतापुर्वक भाग लिएको शाखा प्रमुख संज्यालले बताए ।
विपद, उद्धार र राहतका कार्यमा निरन्तर काम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाका सभापती जिवनाथ सापकोटाले शुरक्षा निकायको संलग्नतामा यसरी गरिएको तालिमले प्रभावकारिता हुने प्रतिक्रिया दिए । यसमा रेडक्रसको भुमिका पनि अपरिहार्य रहेको उनले उल्लेख गरे ।